पोखरामा अन्तर्राष्ट्रिय उडानबारे क्यान भन्छः –‘पसल खोलेका छौं, ग्राहक आउछन्, धैर्य गर्नुहोस्’

पाेखरा | फागुन ११, २०७९

पोखरामा अन्तर्राष्ट्रिय उडानबारे क्यान भन्छः –‘पसल खोलेका छौं, ग्राहक आउछन्, धैर्य गर्नुहोस्’

तीन हप्ताअघि पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानबारे चासो राख्दा नागरिक उड्डयन प्राधिकरण (क्यान)ले फेब्रुअरी २३ देखि इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) लागु भएसँगै विदेशबाट जहाज आउने तयारी रहेको जानकारी दिएको थियो । 

 

क्यानले त्यसबेला आइएफआर जडानसँगै भुटाना वा चीनबाट जहाज आउने गृहकार्य भइरहेको जनाएपनि त्यसो हुन सकेन । अन्तर्राष्ट्रिय उडान सेवा सुरु गर्न अझै लामो प्रक्रिया पुरा गर्नुपर्ने क्यानको जवाफ छ । 

 

विमानस्थल उद्घाटनको २ महिना हुनै लाग्दा अझै केही समय लाग्ने क्यानका डेपुटी म्यानेजर एवं सूचना अधिकृत ज्ञानेन्द्र भुल बताउँछन् । 

 

‘नआत्तिनुहोस् न ! पसल खोलेका छौं, अब ग्राहक आउँछन्’ भुल भन्छन् ‘धैर्य गर्नुहोस्, पर्यटक बोकेर ठूलो जहाज छिट्टै पोखरा आउनेछ ।’

 

भुलका अनुसार विमानस्थल उद्घाटन हुनु भनेको पसल खोलेको हो । अब पसल हेर्न विदेश एयरलाइन्स कम्पनी पोखरा आउने तयारी भइरहेको छ । 

 

प्राधिकरणले जानकारी दिए अनुसार आइएफआर जडान भएपछि यहाँको विमानस्थल अवलोकन गर्न एयरलाइन्सको टीम आउनेछ । टीमले विमानस्थल, रनवे, प्रविधि, उपकरण र पर्यटनसँग सम्बन्धित पूर्वाधारको अध्ययन गर्नेछ । 

 

त्यसपश्चात्, विभिन्न एयरलाइन्सको टीमले उक्त अध्ययन प्रतिवेदन सम्बन्धित एयरलाइन्स कम्पनीलाई बुझाएपछि बल्ल उडानबारे मिति घोषणा हुनेछ । 

 

चीनको अनुदान र रिनमा बनेको विमानस्थल भएकाले सर्वप्रथम चीनकै एयरलाइन्सले उडान थाल्ने सम्भाना अधिक भएको क्यानको विश्वास छ । 

 

‘अबको २–३ हप्तामा चाइना साउथवेस्ट एयरलाइन्सको टीम अध्ययनार्थ पोखरा आउने पक्कापक्की छ’ भुलले भने । 

 नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

थप पढ्नुहोस्

पोखरा:   ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...

थप पढ्नुहोस्

काठमाडौंः    नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।  निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

थप पढ्नुहोस्