टुडिखेलमा निर्मित बास्केटबल कोर्टको उद्घाटन

कास्की | जेठ २१, २०७९

टुडिखेलमा निर्मित बास्केटबल कोर्टको उद्घाटन

पोखरा:  पोखरा महानगरपालिका १ पुरानो टुडिखेलमा निर्मित बास्केटबल कोर्टको उद्घाटन गरिएको छ । स्थानीय क्लब बुद्धटोल युवा क्लबको पहलमा निर्मित उक्त बास्केटबल कोर्टको उद्घाटन गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले गरेका हुन् । 

 

उक्त बास्केटबल कोर्ट निर्माणका लागि युवा तथा खेकदुद मन्त्रालयबाट ९ लाख सहयोग गरिएको बास्केटबल कोर्ट निर्माण समितिका अध्यक्ष तथा युवा व्यवसायी हिटलर घलेले जानकारी दिए । 

 

उनका अनुसार बुद्धटोल क्लबले ५ लाख र राष्ट्रिय उच्च माविले १ लाख सहयोग गरेको थियो । 

 

यसैगरि व्यक्तिगत रुपमा पनि कोर्ट निर्माणका लागि आर्थिक सहयोग गरेको अध्यक्ष घलेले बताए । ‘युवा तथा खेलकुद मन्त्रालयको लागतमा निर्माण गरेका हौं, उनले भने, ‘यसमा क्लबको पनि केही परेको छ केही व्यक्तिहरुको पनि सहयोग छ । अहिले पहिलो चरणको काम सकिएको छ । अब अर्काे चरणमा प्यरापिट तथा चेन्जिङ रुमको योजना छ ।’ 

उक्त उद्घाटनको क्रममा विभिन्न ४ टिमलाई मैत्रीपूर्ण खेल आयोजना गरिएको क्लबका उपाध्यक्ष असिम थापाले जानकारी  दिए । उनका अनुसार सो खेलमा पर्वत क्लब र मास्क टिम विजयी भएको थियो । 
 

बुद्धटोल क्लबका अध्यक्ष विजया गुरुङको सभातत्विमा सम्पन्न कार्यक्रममा युवा समाजसेवी अमृत लामा गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने अर्जुन परियारले कार्यक्रम सञ्चालन गरेका थिए ।

काठमाडौं: नेपाली कांग्रेसको १५ औं महाधिवेशन आगामी वैशाख २८ गतेदेखि ३१ गतेसम्म काठमाडौँमा हुने भएको छ।  शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले यसअघि ...

थप पढ्नुहोस्

गण्डकी: कास्कीको मादी गाउँपालिका–१ स्थित पर्यटकीय गाउँ सिक्लेसमा सूचना केन्द्र सञ्चालनमा आएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को सहयोग एवम् वडा कार्यालय र स्थानीय पर्यटन व्यवसायीको समन्वयमा के...

थप पढ्नुहोस्

काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएकामा आज दुवै धातुको मोल केही बढेको छ ।  आज छापावाल सुन प्रतितोला रु दुई लाख ६२ हजार ५०० र त्यति नै चाँदीको मोल र...

थप पढ्नुहोस्