पोखरा आएर मगर महिला संघले भन्यो: झापड काण्डलाई अतिरञ्जित नगराऔं
पोखरामा हुने ७ औं राष्ट्रिय महाधिवेशनको तयारी पुरा
पाेखरा | जेठ २१, २०७९
पोखरा: नेपाल मगर महिला संघले अभिनेत्री मिरुना मगर र अभद्र व्यवहारका आरोपी फुर्वा लामाको विषयमा पक्ष विपक्ष गर्न आवश्यक नरहेको धारणा राखेको छ ।
पोखरामा आज (शनिबार) आयोजित पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय अध्यक्ष विनिता आलेमगरले सहमति भइसकेको विषयमा बोल्न आवश्यक नरहेको बताएकी हुन् । उनले उक्त घटनालाई अतिरञ्जित गर्न नहुने बताइन् ।
यतिबेला नेपाल मगर महिला संघको सिङ्गो टोली पोखरामा छ । उक्त संघको ७ औं राष्ट्रिय महाधिवेशनको लागि पत्रकार सम्मेलन आयोजना गरेको थियो ।
सोही क्रममा बोल्दै अध्यक्ष आलेमगरले संघको कानूनी सल्लाहकारको सुझाव अनुसार कुनै पनि समुदाय पक्ष विपक्षमा उत्रिन आवश्यक नरहेको बताईन् । ‘समाधान भइसकेको केसलाई विज्ञप्ती निकालेर बल्झायो भने झन पिडितलाई पिडा हुन्छ भन्ने हिसाबले उजागर गर्न चाहेनौ, उनले भनिन्, ‘सन्चो भइसकेको घाउलाई फेरि नकोट्याउ भनेर प्रेस विज्ञप्ती निकालेनौ ।’
अध्यक्ष आलेमगरले जातिय र धार्मिक सहिष्णुतामा असर पर्ने बताउदै सहमति भैसकेकाले सबै पक्ष संयमित हुनुपर्ने बताइन् । उनले उक्त घटनालाई अतिरञ्जित नबनाउन आग्रह गर्दै मगर महिला संघ आफ्नो समुदायको सामाजिक अधिकार र प्रतिष्ठाको पक्षमा सधै उभिने धारणा राखेकी थिइन् ।
पोखरामा हुने ७ औं राष्ट्रिय महाधिवेशनको तयारी पुरा
नेपाल मगर महिला संघको ७ औं राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको छ । पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।
संघका केन्द्रीय अध्यक्ष विनाता आलेमगरले विभिन्न ५६ जिल्लाबाट कुल २ सय ५० जना प्रतिनिधिको सहभागिता रहने जानकारी दिइन् ।
उनका अनुसार उक्त महाधिवेशन पोखरा सभागृहमा २२ गतेदेखि २४ गतेसम्म सञ्चालन हुनेछ । सो कार्यक्रममा सातै प्रदेशका प्रदेश समिति र विदेश शाखा, विदेश महिला प्रमुख तथा महिला विभाग प्रतिनिधी र विभिन्न जिल्लाका प्रतिनिधीहरुको सहभागिता रहने छ ।
नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगरको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रमको उद्घाटन्पूर्व नेपाल मगर संघ कास्कीको कार्यालयबाट सभागृहसम्म विभिन्न बाजागाजा सहित र्याली आयोजना गर्ने आयोजकले जनाएको छ ।
२१ जिल्लामा छैन संगठन
नेपाल मगर महिला संघले अझै २१ जिल्लामा आफ्नो संगठन विस्तार गर्न सकेको छैन । केन्द्रीय अध्यक्ष विनिता आलेमगरका अनुसार अहिलेसम्म ५६ जिल्लामा मात्रै जिल्ला समिति विस्तार गरेको छ ।
वि. स. २०५५ सालमा स्थापना भएपनि मगर महिला संघले गण्डकी प्रदेशको मनाङ र मुस्ताङ लगायतको विभिन्न २१ जिल्लामा जनसँख्या र भौगलिक बनोटका कारण संगठन विस्तार गर्न नसकेको बताइन् । ‘यही प्रदेशको मनाङ र मुस्ताङमा पनि संगठन छैन । जम्मा तिन घर छ कसरी समिति बनाउने, उनले भनिन्, ‘यस्तै अरु जिल्लामा पनि पुग्ने क्रममा छौ । कतै भौगलिक विकटता छ । तरपनि हामी अझै संगठित बनाएर लागे पहलमै छौ ।’
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएकामा आज दुवै धातुको मोल केही बढेको छ । आज छापावाल सुन प्रतितोला रु दुई लाख ६२ हजार ५०० र त्यति नै चाँदीको मोल र...
मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...
ढोरपाटन: तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ । वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...

