फलोअपः बैदाम प्रहरीको नियन्त्रणबाट छुटे ३ जना
पाेखरा | माघ ६, २०७९
तस्बिर: पवन भण्डारी
पोखराः पोखरा महानगरपालिका १७ वडाकार्यालय अगाडी सडक निर्माणमा ढिलाई भएको विषयमा प्रद्धर्शन गर्नेक्रममा प्रकाउ परेका तीन जना छुटेका छन् ।
विरौटा– छोरेपाटन सडकखण्डको निर्माणकार्यमा ढिलाई गरेको भन्दै स्थानीयले हिजो (बिहिबार) वडा कार्यालय अगाडी विरोध प्रद्धर्शन गरेका थिए ।
स्थानीयले वडा कार्यालय अगाडी प्रद्धर्शन गर्ने क्रममा विरौटा– छोरेपाटन सडकखण्डसँगै सिद्धार्थ राजमार्ग केही समय अवरुद्ध हुन पुगेको थियो । अवरुद्ध सडक सञ्चालनमा गर्न गएको नेपाल प्रहरीले उछृृङ्खल गतिविधि गरेको भन्दै ३ जनालाई नियन्त्रणमा लिएर छोडेको वडा कार्यालय बैदामका डीएसपी युवराज भण्डारीले जानकारी दिए ।
‘निर्माण कार्य समयमा नै नहुँदा स्थानीयमा आक्रोश पैदा हुनु स्वभाविक हो, वडा कार्यालय अगाडी प्रद्धर्शन भइरहेको थियो, भण्डारीले भने, ‘प्रद्धर्शनमा केही व्यक्तिले उशृङ्खल गतिविधि गरेपछि नियन्त्रणमा लिएर छोडिसकिएको छ ।’
पूर्वाधार ढिलाईसुस्तीमा दवाव दिन आवश्यक छः स्थानीय
पोखरा १७ स्थित अन्तरगत पर्ने विरौटा–छोरेपाटन सडकखण्ड निर्माण कार्यमा ठेकेदारले ढिलासुस्ती गरेको भन्दै स्थानीयले वडा कार्यालय अगाडी प्रद्धर्शन गरेपछि वडा कार्यालयले ध्यानाकर्षण गरेको छ ।
वडा कार्यालय अगाडी स्थानीयले प्रद्धर्शन गरेपछि वडा कार्यालयमा आज (शुक्रबार) स्थानीय र जनप्रतिनिधिहरुबीच ठेकेदारले गर्ने ढिलासुस्तीमा स्थानीय र जनप्रतिनिधिहरुले दवाव दिन आवश्यक रहेको वडाध्यक्ष राधिका कुमारी शाहीले बताएको स्थानीय पवन भण्डारीले जानकारी दिए ।
‘वडा कार्यालय अगाडी हुँदै गएको सडक खण्डमा अलपत्र जस्तै बन्दा स्थानीय सरकारले दवाव दिनुपर्ने हो, भण्डारीले भने, ‘स्थानीय सरकारको त्यो कदम नचाल्दा हामीले वडा कार्यालय अगाडी प्रद्र्धशन ग¥यौ, फलस्वरुप आज वडा कार्यालयमा जनप्रतिनिधि र स्थानीयबीच पूर्वाधार क्षेत्रमा ठेकेदारले गर्ने ढिलासुस्तीमा सदैव खवरदारी गर्ने सहमति भएको छ ।’
काठमाडौं: बिहीबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँको गिरावट आएको छ । यो गिरावटसँगै एक तोला सुनको मूल्य ...
काठमाडौं: काठमाडौंको शङ्खरापुर नगरपालिका–३ साँखु जहरसिंहपौवास्थित सडकमा बुधबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । बुधबार चार जनाको मृत्यु भएकामा आज थप एक ...
काठमाडौं: नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी (म्यादी)को भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गर्दै इच्छुक योग्यता पुग...

