उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना
काठमाडाैं | माघ ५, २०७९
काठमाडौंः आज सुदूरपश्चिम र कर्णाली प्रदेशका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् गंगा नगरकोटीका अनुसार अहिले यी प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।
दिउँसो एक दुई ठाउँमा हल्का पानी पर्ने अनुमान छ । पानी पार्ने गरी पश्चिमी न्यून चापीय प्रणाली सक्रिय नभएकाले तत्काललाई जमिन भिज्नेगरी पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् नगरकोटीले जानकारी दिनुभयो ।
यस्तै, आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा पनि हल्का हिमपातको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । अन्य ठाउँको मौसम भने आज सामान्यतया सफा नै रहने अनुमान छ ।
काठमाण्डौमा आज हिजो भन्दा चिसो छ । केही दिन अघि न्यूनतम तापक्रम लगातार बढिरहेकोमा आज भने घटेको छ ।
काठमाण्डौको बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो ४ दशमलव २ डिग्री सेल्सियस र अस्ति ४ दशमलव ५ डिग्री सेल्सियस थियो ।
न्यूनतम तापक्रम घट्नुमा खास कारण नभए पनि पश्चिमी वायुको सामान्य प्रभावकै कारण तापक्रम घटेको मौसमविद्ले बताएका छन् ।
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...
पोखरा: सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ । उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

