राप्रपाका अध्यक्ष लिङ्देन उपप्रधानमन्त्रीसँगै उर्जामन्त्री, जसपालाई २ मन्त्रालय दिने निर्णय
काठमाडाैं | माघ २, २०७९
काठमाडौंः सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई उपप्रधानमन्त्रीसँगै उर्जामन्त्रीको बनाउने निर्णय गरेको छ ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकको सहमति अनुसार एमालेले ८ मन्त्रालय, माओवादीलाई प्रधानमन्त्रीबाहेक ४ मन्त्री र १ राज्यमन्त्री दिने सहमति भएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा उर्जामन्त्री । साथमा सहरी विकास र खेलकूद मन्त्रालय राप्रपाको भागमा परेको छ भने, जसपालाई २ मन्त्रालय दिने निर्णय भए पनि जसपा सहमत भएको छैन। रास्वपाले उपप्रधान तथा गृहबाहेक शिक्षा र श्रम मन्त्रालय पाउने निर्णय भएको छ । नयाँ मन्त्रीहरुको सपथ ग्रहण भोलि १ बजे हुनेछ ।
काठमाडौं: नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेको छ । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह सर्वोच्च अदालत पुगेको हो । नेता प...
काठमाडौं: नेकपा एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवारको तय गरेको छ । आज बसेको सचिवालय बैठकले उम्मेदवारको टुङ्गो लगाएको हो । यी हुन् एमालेका उम्मेदवारः को कहाँ ? सुदूरपश्चिम प्रदेश कैला...
काठमाडौं: निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा भाग लिने प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलसँग निर्वाच...

