महोत्सवले आर्थिक चलायमानलाई टेवा पुग्छ:  मुख्यमन्त्री अधिकारी

एघारौं पोखरा महोत्सव आजदेखि सुरु

पाेखरा | पुस २७, २०७९

महोत्सवले आर्थिक चलायमानलाई टेवा पुग्छ:  मुख्यमन्त्री अधिकारी

पोखरा:  पोखराको अमरसिंह चौरमा आजदेखि एघारौं संस्करणको पोखरा महोत्सव सुरु भएको छ । युनाइटेड क्लबको आयोजनामा शुरु भएको महोत्सवको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गरे ।


महोत्सवको उद्घाटन पछि बोल्दै मुख्यमन्त्री अधिकारीले मेला महोत्सवले आर्थिक चलायमानमा टेवा पुग्ने बताए । ‘मुलुक कोरोना कहरका कारण आर्थिक चलायमानमा गतिशिल लिन नसकिरहदा पोखरा र आसपासमा आयोजना हुने महोत्सवहरुले आर्थिक चलायमानमा सहयोग पुगेका छ ।’ मुख्यमन्त्री अधिकारीले भने । 


उनले युनाइटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काममा समेत अग्रणी स्थानमा रहेको बताउदै मेला महोत्सवमा हुने ब्यापारिक स्टलहरुमा स्वदेशी उत्पादनलाई जोड दिन समेत आग्रह गरे । युवाहरुलाई स्वदेशमै रोक्नका लागी पनि स्वदेशी उत्पादनका सामाग्रीहरुको उत्पान आवश्यक रहेको उनको भनाइ रहेको थियो । त्यसैगरी मेला महोत्सवहरुले स्थानिय भाषा, संस्कृतिको उत्थान समेत गर्ने उनले बताए । 


गण्डकी प्रदेश सभा सदस्य बेद बहादुर गुरुङ (श्याम)ले युनाइटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काममा अग्रसर रहेको बताउदै युनाइटेडले लिएको उद्देश्य अनुसारको गतिविधीमा सहयोग र साथ दिने बताए । गण्डकी प्रदेशमा आर्थिक गतिविधी बढाउन र पर्यटकीय गतिविधी बढाउनका लागी पोखरा महोत्सवले उल्लेख्य भुमिका खेलेको उनको भनाइ रहेको थियो । 


गण्डकी प्रदेश सभा सदस्य भीम कार्कीले पोखरा महोत्सव महोत्सवको पनि महोत्सव भएकाले सम्पूर्णले सहयोग र साथ दिदै सामाजिक सेवामा सहभागी हुन आग्रह गरे । महोत्सवकै आयोजना गरी सामाजिक काम संगै पर्यटकीय गन्तब्य निर्माणका लागि समेत अगाडि वढ्नु आफैमा चुनौती रहेको बताउदै यसका लागी सम्पूर्ण पोखरेलीले सहयोग गर्नुपर्ने उनको भनाइ रहेको थियो ।  


त्यस्तै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले उद्देश्य सबैले लिएपनि पुरागर्न गाह्रो हुने बताउदै युनाइटेड क्लबले आफ्नो उद्देश्यप्रति कटिवद्ध रहेको एकमात्र क्लब रहेको बताए । पोखराको जिल्ला प्रशासन कार्यालय कास्कीमा धेरै संस्गाहरु दर्ता र नविकरणकै बिच हराइरहदा युनाइटेड क्लव एकमात्र गण्डकी पैदेश सरकारलाई नै ध्यान केन्द्रीत बनाउने क्लब बनेको वताउदै पोखरा ताल र हिमाल हेर्ने शहर मात्र नभइ सेती नदीको बारेमा कोही कसैले चासो नदिइरहदा क्लबले पहलकदमी गरेर सेती खोंचलाई शाहसिक पर्यटकीय गन्तब्य निर्माणमा अगाडि वढिरहेकाले त्यसतर्फ प्रदेश सरकारले ध्यान दिन आवश्यक रहेको समेत बताए । 


राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगका सदस्य जुद्व वहादुर गुरुङले युनाइटेड क्लब संग आफुले स्थापना कालदेखीनै सहकार्य गर्दै आइरहेको र युनाईटेड क्लबले छोटो समयमानै आफुलाई स्थापित बनाउन सफल भएको बताउदै आगामी दिनमा पनि साथ र सहयोग रहने प्रतिवद्धता ब्यक्त गरे । 


सम्पूर्ण वडाहरुको प्रतिनिधीत्व गर्दै पोखरा उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष सन्तोष बास्तोलाले महोत्सव मार्फत आर्थिक चलायामान संगै कला संस्कृतिको जगेर्ना हुने वताउदै युनाइटेड क्लवले महोत्सवको आयोजना गरी सामाजिक काम अगाडि वढाइरहदा आगामी दिनमा आफ्नो वडा संगै महानरबाट समेत सहयोगका लागि पहल गर्ने बताए । 


त्यस्तै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले महोत्सवलाई सभ्य र भब्य बनाउनका लागी शान्ति सुरक्षाको दृष्टीले कुनैपनि कसर बांकी नराखी सुरक्षा निगरानीलाई चुस्त दुस्त वनाउने बताए । 


त्यस्तै अमरसिंह माविका प्रध्यानाध्यापक तेजस्वी बरालले युनाईटेड क्लवले अमरसिंहमा महोत्सवको आयोजना गरी सामाजिक कामलाई अगाडि वढाइरहदा अमरसिंह माविको समेत सामाजिक काममा अप्रत्यक्ष रुपमा सहकार्य गर्न पाउदा खुसी लागेको बताउदै युनाइटेड क्लबको हरेक गतिविधीमा सहकार्य गरेर अगाडि वढ्ने बताए । त्यस्तै कोलपाटन आमा समुको अध्यक्ष सावित्री पौडेलले पोखरा महोत्सवले संघ संस्थाहरुलाई सहभागी बनाइ आफुहरुलाई पनि सामाजिक भावमा सहकार्य गराउन सफल भएको बताइन । 


युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाईटेड क्लब ले एघारौं संस्करण सम्म आइपुग्दा पोखरामा खुल्ला पर्यटकीय चिडियाखाना निर्माणलाई प्रारम्भ गर्न सफल भएको र एघारौ महोत्सवदेखी पोखराको बीच भाग भएर बग्ने सेती नदीलाई एक शाहसिक पर्यटकीय गन्तब्य निर्माणमा पहलकदमी गर्ने र आफ्नै जग्गा भएको लेखनाथको अर्चलेमा बहुद्देश्यीय भवन निर्माण गरी जेहेन्दार विद्यार्थीहरुका लागि आवाशिय ब्यवस्था सहितको शिक्षालय निर्माण गर्न तर्फ लाग्ने उनले बताए । शिक्षा, स्वास्थ्य खेलकुदका गतिविधीलाई भने निरन्तरता दिने उनको भनाइ रहेको थियो । 


युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेका थिएभने महासचिव दिनेश सुनारले कार्यक्रमको सञ्चालन गरेका थिए ।
यसैगरी महोत्सव पूर्व पोखरा रंगशालादेखी महोत्सव स्थल सम्म झांकी तथा ¥यालीको आयोजना गरिएको थियो । उक्त झांकी तथा र्यालीमा झांकी तर्फ नेपाल मगर संघ रामबजार इकाइले प्रथम स्थान हासिल गरेको छ । भुरुँदी स्यो बौद्ध अर्घौ तमु समाज द्धितीय, डढुवा दुर्छा लम्जुङ तमु समाज तृतिय र थारु समाज कास्कीले सान्त्वना स्थान हासिल गर्न सफल भयो भने ¥याली तर्फ ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालय राजयोग प्रशिक्षण केन्द्र पोखरा १० प्रथम, सुनकोशी आमा समुह पोखरा १० द्धितीय, नेपाल तामाङ घेदुङ संघ कास्की तृतिय र नागवेली शिर्जनशील आमा समुहले सान्तवना स्थान हासिल गर्न सफल भयो । 
 

रूपन्देही:   जिल्ला प्रहरी कार्यालय रुपेन्देहीले सुद्धोधन गाउँपालिका–६ वेलहिया घर भई सियारी गाउँपालिका–७ राम जानकी चोक बस्ने ७० वर्षीया उजेली लोधको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ...

थप पढ्नुहोस्

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले आज सेती नदीको ड्याम खोलिने बताउदै सतर्क रहन आग्रह गरेको छ ।   विगत २७ दिनदेखि सेती नदीमामा हाम फालेर बेपत्ता भएका पोखरा–१६ का सुगम बास्तोल...

थप पढ्नुहोस्

काठमाडौं:     यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ । परीक्षा २७ गतेसम्म चल्ने छ । आज पहिलो दिन परीक्षार्थीहरुले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिइरहेका छन् । बिहान ८ बजेदेखि सुर...

थप पढ्नुहोस्