विवादित बन्यो सराङकोट एफएमको मिडिया कप, माग्यो माफी

पाेखरा | पुस २७, २०७९

विवादित बन्यो सराङकोट एफएमको मिडिया कप, माग्यो माफी

पोखराः     रेडियो सराङकोटले आयोजना गरेको मिडिया कप फुटसल प्रतियोगिता विवादित बनेको छ । फेवा टेलिभिजनले प्लेईङ लिस्टमा भएका भन्दा बाहिरको खेलाडी खेलाएपछि प्रतियोगिता विवादमा परेको थियो । फेवा टिभीले प्लेईङ लिस्टमा भएका खेलाडीको घरयासी समस्या देखाउँदै आयोजकलाई थाहा नदिई मयुर टाईम्सविरुद्ध खेलाएको थियो ।


खेलपछि मयुरले प्रोटेस्ट हालेपछि आयोजकले फेवालाई अयोग्य ठहर्‍यायो । भने, मयुर सेमिफाइनल पुग्यो । पछि मयुरका खेलाडीको दुई टिममा नाम रहेको भन्दै विरोध गरेपछि रेफ्रीले मयुरलाई पनि अयोग्य घोषणा गर्‍यो । तर, यसमा आयोजक सराङकोटको गल्ती भएको मयुर टाइम्सले जनाएको छ ।


मयुरका कप्तान प्रविन मगरले आयोजकलाई जानकारी गराउँदा गराउँदै पनि दुवै तर्फ नाम भएको खेलाडीको विषयमा समस्या समाधान गरिसकेपछि दुवै टिममा नाम राखेर गल्ती गरेका बताए । ‘हाम्रो एउटा खेलाडीको दुई टिममा नाम भएपछि खेल हुनु अघिल्लो दिनमा नै हामीले रेडियो कार्यालयमा गएर सहमती गरेका हौं,’ उनले भने, ‘तर खेल्ने समयसम्म पनि उक्त खेलाडीले मयुर टाईम्सबाट खेल्ने भनेर सहमती गरेपछि अर्को टिमको लिस्टबाट नहटाएर ठूलो गल्ती गर्‍यो ।’


यता, रेडियो सराङकोटले प्रेस विज्ञप्ती जारी गरी क्षमा याचना गरेको छ । ‘दुवै टिम अयोग्य ठहर गर्दै दुवै खेल अवैध गरिएको जानकारी सहित यस कार्यमा सम्बन्धीत मिडियाको केही कमजोरी र आयोजकबाट केही व्यवस्थापनमा कमी कमजोरी भए सो मा क्षमा चाहान्छौं,’ विज्ञप्तीमा भनिएको छ ।

 

काठमाडौं:  राष्ट्रियसभामा रिक्त सदस्य चयन गर्न मतदान सुरु भएको छ । २०८२ फागुन २० गतेदेखि राष्ट्रियसभामा १७  सिट (सदस्य) रिक्त रहेको छ । यसका लागि बिहान ९ बजेदेखि मतदान सुरु भएको निर्वाचन आयोगले जना...

थप पढ्नुहोस्

पोखरा:   पोखरा महानगरपालिका १५ द्धारा आयोजित चौथो वडास्तरीय खेलकुद महोत्सव सम्पन्न भएको छ ।  वडास्तरीय खेलकुद महोत्सव अन्र्तगत पुरुष फुटबलतर्फ सानीमजुवा युवा क्लब विजयी हुँदा महिला भलिबलतर्फ जन ...

थप पढ्नुहोस्

पोखरा: कस्केली अधिकृत समाजको ११ औं साधारणसभा तथा आठौं अधिवेशन एक समारोहका बीच आज सम्पन्न भएको छ ।      कार्यक्रमको प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशका अध्यक्ष विष्णुप्रसाद नेपालले उद्घाटन गर्न...

थप पढ्नुहोस्