पोखरा १५ खेलकुदमय: फुटबलतर्फ ६ र भलिबलतर्फ ५ खेल सम्पन्न

पाेखरा | पुस २७, २०७९

पोखरा १५ खेलकुदमय: फुटबलतर्फ ६ र भलिबलतर्फ ५ खेल सम्पन्न

पोखरा:    पोखरा महानगरपालिका वडा नं –१५ ले वडा स्तरीय वृहत खेलकुद महोत्सवको आयोजना गरेको छ । पोखरा १५ स्थित वन विज्ञान अध्ययन संस्थानको खुल्ला चौरमा आजदेखि खेलकुद महोत्सवको आयोजना गरिएको हो ।


खेलकुद महोत्सवमा महिला तथा पुरुष भलिबल, पुरुष फुटबल, अन्तर विद्यालय स्तरीय फुटबल, महिला, पुरुष दौड, आमा समूह बिच रस्साकस्सी खेल लगायत फरक शारीरिक क्षमता भएका व्यक्तिहरू बिच बास्केटबल र ह्विलचियर दौड प्रतियोगिता सञ्चालन हुनेछ ।


खेलकुद महोत्सवबारे जानकारी दिँदै वडा अध्यक्ष तोरण बहादुर बानियाँले वडावासी नागरिकमा आपसी मेलमिलाप, भाइचारा, तथा सहयोगको भावना जगाउनुका साथै नागरिकको स्वास्थ्यको लागि खेलकुदले महत्त्व राख्ने हुँदा खेलकुद महोत्सवको आयोजना गरिएको बताए। उनले वडाले लिएको नीति अनुरूप अब भौतिक पूर्वाधारको विकासले मात्र मानवीय विकास नहुने भन्दै त्यसका लागि नागरिकहरू पनि शारीरिक र मानसिक रूपमा स्वस्थ हुन आवश्यक रहेको भन्दै खेलकुदलाई पनि प्राथमिकता दिइएको प्रतिक्रिया दिए। बानियाँले खेलकुद महोत्सवमा सहभागिता जनाउने टिम धेरै भएकाले समयमै सम्पन्न गर्नका लागि आज (बुधवार) देखि प्रतियोगिता सञ्चालन गरिएको जानकारी दिए ।


यस्तै, कार्यक्रम संयोजक आशिष भण्डारीले खेलकुद महोत्सवमा वडावासी नागरिकको उत्साहपूर्ण सहभागिताले आफूहरूलाई पनि खुसी र थप जिम्मेवार बनाएको प्रतिक्रिया दिए। उनले खेलकुद महोत्सवमा झन्डै एक हजार जनाले विभिन्न खेल मार्फत सहभागिता जनाउन लागेको दाबी गर्दै प्रतियोगितालाई सफल र विवादरहित बनाउनका लागि आयोजकको तर्फबाट सम्पूर्ण तयारी चुस्त दुरुस्त पारिएको बताए।


भण्डारीका अनुसार अन्तर क्लब फुटबलमा १७ टोली, अन्तर विद्यालय स्तरिय ८,  महिला भलिबलमा ११, पुरुष भलिबलमा ९, रस्साकसीमा १७ टिमले भाग लिएका छन् । त्यस्तै ४० वर्ष माथिका महिला दौडमा ७१ जना, ५० वर्ष माथिको पुरुष दौडमा २६ जना तथा फरक क्षमता भएकाहरूको बास्केट बल प्रतियोगितामा २० जना खेलाडीले सहभागिता जनाउनेछन् ।


यस्तै, खेलकुद महोत्सव अन्तर्गत आज पुरुष फुटबलमा ६ खेल र भलिबलमा ५ खेल  खेलाइएको छ। आज भएको प्रतिस्पर्धामा पुरुष फुटबल तर्फ ठुली मजुवाले मिलन शान्ति टोललाई १–० गोल, सानी मजुवाले तल्लो सिमल बोट मार्गलाई ३–० गोल, फलेपाटनले निर्मल टोललाई ३–२ गोल, प्रतिभा मार्गले बेलबटोलाई ४–१ गोल, तल्लो नयाँ गाउँले गण्डकी रिभर साइडलाई २–० गोल र जना जागृतिले अलकापुरलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।


यस्तै भलिबलतर्फ गलेश्वरले दुई आजै खेल खेल्दै नयाँ गाउँ र जनशक्ति टोललाई पराजित गरेको छ भने, अलकापुरले बेलबोट, तल्लो नयाँ गाउँले प्रतिभा मार्ग र लक्ष्मी टोल विकासले ठुली मजुवालाई पराजित गरेको छ ।


भोलिको खेलमा पनि पुरुष फुटबल तथा पुरुष महिला भलिबल, आमा समूह दौड, रस्साकस्सी लगायतका प्रतियोगिता सञ्चालन हुनेछन् । खेल पौष ३० गतेसम्म सञ्चालन हुनेछ ।

काठमाडौं:     तेस्रो लगानी सम्मेलन आज काठमाडौंमा सुरु भएको छ । सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचनण्डले शुभारम्भ गर्नुभएको हो । सम्मेलनमा स्वदेश तथा विदेशबाट गरी एक हजार ६ सय जनाभन्दा बढी...

थप पढ्नुहोस्

काठमाडौं:    जापानकी विदेशमन्त्री योको कामीकावाले आगामी साता नेपालको भ्रमण गर्ने भएकी छिन् । जापानको परराष्ट्र मन्त्रालयले शनिबार परराष्ट्रमन्त्री योको कामीकावाको भ्रमण घोषणा गरेको हो । जापानको वि...

थप पढ्नुहोस्

इलाम:     इलाम–२ मा हिजो भएको उपनिर्वाचनको मतगणना आज बिहान ११ बजेबाट सुरु हुने भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन ...

थप पढ्नुहोस्