अमेरिका लगायत विभिन्न देश पठाईदिन्छु भन्दै १ करोड ६२ लाख बढी रकम ठगी गर्ने राजेश पक्राउ

काठमाडाैं | पुस १४, २०७९

अमेरिका लगायत विभिन्न देश पठाईदिन्छु भन्दै १ करोड ६२ लाख बढी रकम ठगी गर्ने राजेश पक्राउ सांकेतिक तस्बिर

काठमाडौंः  अमेरिका लगायत विभिन्न देशमा पठाईदिन्छु भन्दै १ करोड ६२ लाख ६हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले राजेश थापालाई प्रकाउ गरेको छ । 
 

ललितपुर महानगरपालिका–१ कुपण्डोल घर भई हाल काठमाडौं बुढानीलकण्ठ नगरपालिका–८ ओमनगर बस्ने ४४ वर्षीय राजेश थापालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौंको लैनचौरबाट बुधबार पक्राउ गरेको हो ।


थापाले विभिन्न व्यक्तिहरूलाई मासिक ३ लाख तलवका साथै ग्रिनकार्ड, पीआर र हङकङ आईडीसमेत बनाईदिने वैदेशिक रोजगारिको लागि अष्ट्रेलिया, अमेरिका, क्यानडा तथा हङकङ लगायतका देशहरूमा पठाइदिने भन्दै पीडितहरुबाट प्रतिव्यक्ति २५ लाख रकम रकम ठगी गरेको प्रहरीको आरोप छ ।

 

प्रकाउ परेका राजेशलाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद दफा २४९(१) र (२) बमोजिमको कसुरमा कानुनी कारवाही गरी सोही संहिताको दफा २५४ बमोजिम थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय काठमाडौं पठाएको प्रहरीले जनाएको छ । 
 

गलकोट:  निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् ।  निमार्णा...

थप पढ्नुहोस्

पोखरा:   डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ ।  ...

थप पढ्नुहोस्

काठमाडौं:   गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला रु। ७०० ले बढेको छ भने चाँदी प्रतितोला रु। पा...

थप पढ्नुहोस्