पोखराको फोहोरले लेखनाथमा तनाव, लामेआहालमा विरोध प्रदर्शन

पाेखरा | पुस १०, २०७९

पोखराको फोहोरले लेखनाथमा तनाव, लामेआहालमा विरोध प्रदर्शन तस्बिर: बिबि राेकामगर


पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न वडा नम्बर १४ बाच्छेबुडुवामा भएको डम्पिङ् साइटले अवरोध गर्ने भएपछि पोखरा महानगरपालिकाले वडा नम्बर ३२ स्थित लामेआहालमा निर्माण सुरु गरेको ल्याण्डफिल साइटमा आज स्थानीयले विरोध गरेका छन् । 

 

महानगरले शुक्रबार र शनिबार डोजरमार्फत साइट तयार गर्ने क्रममा आज स्थानीयहरुले उक्त डोजर फर्काइदिएका छन् । स्थानीय टेकबहादुर गुरुङ्का अनुसार लामेआहालमा साइट बनाउँन नदिने स्थानीयवासीको निर्णय विपरित वडाध्यक्षले दशौ नगरसभामा स्वीकृति जनाएपछि विरोध गरिएको हो । 

 

‘हामीले यहाँ पोखराको फोहोर ल्याउन दिँदैनौ भनेर वडाध्यक्ष अक्कलबहादुर कार्कीलाई बाराम्बार जानकारी गराएका थियौं’ गुरुङले भने ‘यता हामीलाइै ढुक्क बनाएर उता निर्णयमा सहमति जनाएर आउनु भएछ ।’
 

 

वडाध्यक्षको दोहोरो चरित्रकाकारण वडाबासी मर्कामा परेको सुनाउँदै उनले भने ‘दुइजिब्रे कुरा भयो, वडाध्यक्ष यस्तो गर्न मिल्दैन ।’ यस विषयमा जानकारी माग्दा वडाध्यक्ष कार्कीले मेयरसँग गएर कुरा गर्नु भन्दै जवाफ फर्काएका छन् । 

 

अर्का स्थानीय शंकरबहादुर केसीले यस क्षेत्र धार्मिकस्थलकारुपमा चिनिएको, वृद्धाश्रम, राधाकृष्ण मन्दिरलगायत स्थल भएकाले आस्था र धरोहरको संरक्षण गर्न आन्दोलनमा उत्रन परेको सुनाए ।

 

त्यस्तै, वृद्धाश्रमकै अगाडीबाट फोहोर बोकेको गाडी लैजादा यसको प्रतिकुल असर पर्ने भएकाले महानगरको गैरजिम्मेवार प्रवृत्तिको विरुद्ध आगामी दिनमा सशक्त प्रतिकारमा उत्रने केसीले प्रष्ट पारे । 

 

वडाध्यक्ष केसीले भने अब यसको छिनोफानो स्थानीयले गरुन् भन्ने चाहेका छन् । सुनगाभान्यूजसँग केसीले भने ‘अब स्थानीयवासी नै मेयरसँग गएर आफ्ना कुरा राख्नुपर्छ, उहाँहरुबीच अब जे सहमति हुन्छ, त्यही नै अन्तिम हो ।’

 

शुक्रबारदेखि नै विरोध जनाउँदै आएका स्थानीयले आज बिहानैदेखि उक्त स्थलमै भेला भएर प्रदर्शन गरिरहेका छन् । स्थानीयवासीसँगै परोपकार आमा समूह र शक्ति युवा क्लबले विज्ञप्ती जारी गर्दै लामेआहालमा निर्माण सुरु गरिएको साइटको काम तत्काल रोक्नुपर्ने बताएका छन् । 

 

भिडियाे: 

 

 

 

 

 

चैत २७  देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।   विष्णुपादुका क्लब हेमजाले   शनिवार १४ राष्ट्रिय हेमजा  आलु महोत्सव मूल आ...

थप पढ्नुहोस्

नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ ।   केन्द्रीय प्रहरी प्रवक्ता प्...

थप पढ्नुहोस्

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्