मेस्सी पीएसजीसँग थप एक वर्ष बस्ने

काठमाडाैं | पुस १०, २०७९

मेस्सी पीएसजीसँग थप एक वर्ष बस्ने

काठमाडौं:   अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी अझै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा बस्न सहमत हुनुभएको छ । ३५ वर्षीय मेस्सी पीएसजीसँग नयाँ सम्झौता गर्न सहमत भएपछि उहाँको फ्रान्स बसाई लम्बिने पक्का भएको हो ।


अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाएर चर्चाको शिखरमा पुग्नुभएका मेस्सी पीएसजीसँग थप एक वर्षको सम्झौता गर्न तयार हुनुभएको हो । पीएसजीसँग मेस्सीको सम्झौता सन् २०२३ को जुनसम्म रहेको छ ।


मेस्सीले २१ वर्ष लामो बार्सिलोना बसाई टुङ्ग्याएर सन् २०२१ मा दुई वर्षको लागि पीएसजीमा अनुबन्ध हुनुभएको थियो । मेस्सीले पिएसजीका लागि ५३ खेल खेल्दै २३ गोल गर्नुभएको छ । एजेन्सी 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्