महिलालाई दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ
काठमाडाैं | पुस ८, २०७९
काठमाडौं: सामाजिक सञ्जाल मार्फत महिलालाई दुर्व्यवहार गरेको आरोपमा एक युवकलाई प्रहरीले प्रकाउ गरेको छ ।
फेसबुकमा साथी बनाई विभिन्न प्रलोभनमा पारी महिलालाई अश्लिलता प्रदर्शन गर्न लगाएको आरोपमा ३१ वर्षीय विश्वनाथ कुर्मीलाई पक्राउ गरेको हो ।
रुपेन्देही शिद्वार्थनगर नगरपालिका वडा नं। ११ घर भई हाल वैदशिक रोजगारमा रहेका कुर्मीलाई नेपाल फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल गौचरबाट पक्राउ गरिएको साइबर व्युरोले प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ ।
विज्ञप्तिमा कुर्मीलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतको ओदेशमा ४ दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको उल्लेख गरिएको छ ।

पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

