अङ्ग्रेजी नयाँ वर्षः रानीवन आर्केडमा सातै प्रदेशका परिकार
पाेखरा | पुस ७, २०७९
पोखराः पोखरा महानगरपालिका ६ गौरीघाटस्थित सञ्चालमा रहेको होटल रानीवन आर्केडले अङ्ग्रेजी नयाँ वर्षमा नयाँ परिकार पस्कने तयारी थालेको छ ।
आर्केडले ‘नेपाली खाना, जिवन शैली र संस्कृतिको विश्वव्यापीकरण तथा आलिदेखि थालीसम्म’ नारासहित रैथाने खानाको प्रवद्र्धन गर्ने उद्देश्यले नयाँ परिकारहरु ल्याउने भएको हो ।
रेवान पोखराद्धारा आयोजित २४ औं सडक महोत्सवको स्वागत गर्दै होटलको ४५ औं वार्षिकोत्सवको अवसरमा ७ प्रदेशको खाना एकै थलो चखाउने उदेश्यसहित नयाँ परिकार पस्कन लागेको आर्केडका सञ्चालक हरि बहादुर भुजेलले जानकारी दिए ।
उनले सडक महोत्सवलाई लक्षित गरेपनि परिकारको स्वाद भने भोलि (शुक्रबार) देखिनै पाहुनाहरुले चाख्न पाउँने बताए । उनका अनुसार गण्डकी प्रदेशको च्याङ्ग्राको मासु, च्याङ्ग्राको रगतको पकौडा, सुकुटी, लुम्बिनी प्रदेशको साँधेको सुन्तला, गुल्मीको चाकु, कर्णाली प्रदेशको खसीको कवाफ, सुदूरपश्चिम प्रदेशको हाँसको परिकारहरुको स्वाद लिन पाइनेछ ।
यस्तै प्रदेश नम्बर १ को कालो सुंगुरका विभिन्न परिकारहरु, साफ्टा, भक्का, मधेश प्रदेशको घोँघी, जलकपुरलगायतका माछाका विभिन्न परिकारहरु र बागमती प्रदेशको राँगाको सुकुटीलगायतका परिकारहरु र खल्पीको अचारहरुको स्वाद लिन पाइनेछ ।
सो परिकारहरुको पाकशास्त्री (सेफ) सन्दीप खत्री र तिल बहादुर गुरुङले तयार गर्ने सञ्चालक भुजेलले बताए ।
मेला अवधिमा स्पेशल अफर
सडक महोत्सवको अवसरमा हरेक दिन स्पेशल अफर राखिएको आर्केडका प्रवन्धक निर्देशक भिमसेन भुजेलले जानकारी दिए ।
भुजेलका अनुसार पुष ८ गते एनिभर्सरी विशेष अफर, ९ गते क्रिसमस इभ अफर, १० र ११ गते स्ट्रिट फुडको स्वादसहित लाईभ बिबिक्यू अफर रहेको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

