पृथ्वीनारायण क्याम्पसमा सप्ताहव्यापी खेलकुद

पाेखरा | पुस ७, २०७९

पृथ्वीनारायण क्याम्पसमा सप्ताहव्यापी खेलकुद

पोखराः    पृथ्वीनारायण क्याम्पसले अन्तर संकाय सप्ताहव्यापी खेलकुद कार्यक्रम आयोजना गरेको छ । 


नेपालकै दोस्रो ठुलो आंगिक कलेजका रुपमा परिचित  पोखरा महानगर १ स्थित पृथ्वीनारायण क्याम्पसले विद्यार्थीको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आएको नियमित प्रतियोगितालाई दिएको हो । 


पृथ्वीनारायण क्याम्पसको आयोजना र  विद्यार्थी कल्याण तथा खेलकुद शाखाको संयोजनमा पुष १० देखि १४गते  प्रतियोगिता सञ्चालन हुने क्याम्पस प्रमुख डा. सरोज कोइरालाले बताए । 


उनका अनुसार सप्ताहव्यापी प्रतियोगितामा अन्तरसंकाय फुटबल छात्र÷छात्रा, बास्केटबल छात्र/छात्रा, टेबुल टेनिस छात्र/छात्रा, बुद्विचाल छात्र/छात्रा, भलिबल छात्र/छात्रा, पुरुष क्रिकेट, एथ्लेटिक्सतर्फ ५ कि.मि सडक दौड छात्र, छात्रा र अतिरिक्त क्रियाकलाप तर्फ निबन्ध लेखन, वक्तृत्वकला र कविता लेखन गरि १० विधामा प्रतियोगिताहरु सञ्चालन हुनेछन् । 

 


३ वर्ष कारोना भाइरसका कारण खेलकुद कार्यक्रम आयोजना गर्न नसकेको क्याम्पस प्रमुख डा. कोइरालाले बताए ।  ‘पत्येक वर्ष क्याम्पसले अन्तरसंकाय स्तरीय प्रतियोगिता आयोजना गर्दै आएको छ, उनले भने, ‘ ३ वर्ष कोरोना भाइरसको कारण प्रतियोगिता सञ्चालन गर्न सकेनौं अब प्रतियोगितालाई निरन्तरता दिन्छौं । ’


शिक्षा संकायका सहायक प्रमुख यादव राज अधिकारीले आज (बिहिबार) सम्म टिम दर्ताको समय भएको र प्रतियोगितामा विद्यार्थीको संख्या बढी रहेको बताए । 


‘लामो समय पछिको यस खेलकुद प्रतियोगितामा विद्यार्थीहरुको सहभागिता उल्लेख्य देख्न सकिन्छ, उनले भने, ‘ प्रतियोगितामा विद्यार्थीहरुको घुइचो बढेर आएको छ ।  आज सम्म टिम दर्ता प्रक्रिया पुरा हुन्छ, कुन खेलमा कति संख्या छ त्यै अनुसारको खेल हामिले निर्धारण गर्छौँ । खेल तालिका भोलिसम्म सार्वजनिक गर्छौं ।’


खेलकुद मेजर प्रतियोगितामा विजेताहरुले ट्रफी, मेडल,प्रमाणपत्र र नगद पाउने छन् । त्यस्तै एथ्लेटिक्स र अतिरिक्त क्रियाकलापतर्फका विजेताहरुले मेडल, प्रमाणपत्र र नगद पाउने अधिकारीले बताए । 
यस्तै क्याम्पसले प्राध्यापक र कर्मचारीहरु बिच ‘मैत्रीपूर्ण फुटबल प्रतियोगिता समेत आयोजना गरेको छ । 

  

पोखरा:   दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै काठमान्डु गोर्खाजले विजयी सुरुवात गरेको छ ।  सुरुमा ब्याटिङ गरेको जनकपुर...

थप पढ्नुहोस्

पोखरा:  मेजर लक्ष्मी प्रसाद÷हुमकुमारी गुरुङ एमबिओ बिइएम टुजिआर युवा पत्रकारिता पुरस्कारबाट पोखराका क्रियाशिल युवा पत्रकार धन बहादुर गुरुङ ( सुमन) लाई पुरस्कृत गरिने भएको छ ।  आदिवासी ...

थप पढ्नुहोस्

नेपालमा आयोजना भएका व्यावसायिक खेलकुद प्रतियोगितामध्ये सबैभन्दा ठूलो मानिएको नेपाल प्रिमियर लिग  (एनपिएल)  क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा विश्वकै क्रिकेटप्रेमीहरुको ध्यान नेपालतर्फ आकृष्ट भएको छ...

थप पढ्नुहोस्