परिस्थिति हेरेर सरकारमा जानुपर्छ: लामिछाने
काठमाडाैं | पुस ४, २०७९
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जाने विषयमा रिजिट भएर बस्न मिल्ने बताएका छन् । संसदीय दलको नेता चयन गर्ने बैठकमा बुढानिलकण्ठमा बोल्दै लामिछानेले परिस्थिति हेरेर सरकारमा जाने विषयमा निर्णय गरिने बताए ।
‘हामी सरकारमा जाँदै जाँदैनौं वा जान हुँदैन भनेर रिजिट भएर बस्न हुँदैन । त्यो फेरि सरासर गलत हुन्छ’ लामिछानेको भनाई उदृढ गर्दै एक सांसदले भने,‘अहिलेको व्यवस्था र संसदीय अंकगणितमा हाम्रो पार्टी निर्णाक छ । हाम्रा कारणले सरकार नबन्ने स्थिति भएमा समर्थन गरेर सरकारमा जाने हुन सक्छ ।’ अहिलेको संसदलाई पुरा कार्यकाल चल्नेगरी पार्टीको तर्फबाट सरकारमा जानु परेमा जान सकिने लामिछानेले बताए । सरकारमा जान वा नजाने पुराना दलको निर्णयमा भर पर्ने बताए । यदि हामी सरकारमा गएमा निर्सत नजाने उनले स्पष्ट पारेका थिए ।
सङ्खुवासभा: सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् । चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १&n...
पोखरा: १४ औं पोखरा महोत्सव सभ्य र भब्यताका साथ सम्पन्न भएको छ । गत पुष २९ देखि माघको ११ गते सम्म आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका बीच समापन गरे । समापन समा...
काठमाडौंः आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ । आज राष्ट्रियसभामा रिक्त रहेको १८ पदका लागि निर्वाचन भएको थियो । कहाँ को विजयी भए हेर्नुहो...

