उदयपुरमा जिप दुर्घटना, १ को मृत्यु ५ घाइते
उदयपुर | पुस ४, २०७९
उदयपुर: उदयपुरमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका १० मा सोमबार बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका हुन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उदयपुरकै ताप्ली गाउँपालिका १ का ६५ वर्षीय मिनबहादुर सार्कीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । अन्य घाइतेहरूलाई उपचारको लागि कटारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
प्रदेश २–०१–००१ च ००५० नम्बरको बोलेरो जिप अनियन्त्रित भएर सडकबाट करिब एकसय मिटर तल खसेको थियो । बोलेरो चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
गोरखा: मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...
पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ। पोखरा महानगरपालिकाले शुक्रबार सा...
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

