सुनचाँदीको मूल्य स्थिर

काठमाडाैं | पुस ४, २०७९

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं:   नेपाल सुनचाँदी महासंघले आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको जानकारी दिएको छ । महासंघले आजको बजार भाउ तोक्दै हिजो आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको जानकारी दिएको हो ।


यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५०० र तेजाबी सुनको मूल्य १ लाख रुपैयाँ छ । हिजो आइतबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो । आइतबार सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको थियो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य ९९ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ४०० रुपैयाँ कायम थियो । जुन, ६०० ले बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ५०० रुपैयाँ कायम भएको थियो ।


यस्तै, आज चाँदीको मूल्य समेतस्थिर छ । महासंघले आज चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ कायम रहेको जनाएको छ । हिजो आइतबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

 नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

थप पढ्नुहोस्

पोखरा:   ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...

थप पढ्नुहोस्

काठमाडौंः    नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।  निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

थप पढ्नुहोस्