पोखरा ट्रेड मलको बम्पर उपहारका विजेता तारा गुरुङ, जितिन् ५० हजार पुरस्कार

पाेखरा | मंसिर २४, २०७९

पोखरा ट्रेड मलको बम्पर उपहारका विजेता तारा गुरुङ, जितिन् ५० हजार पुरस्कार

पोखराः  पोखरा महानगरपालिका–७ रत्नचोककी तारा गुरुङले पोखराको ट्रेड मलमा किनमेल गर्दा रु ५० हजार पुरस्कार जित्न सफल हुनुभएको छ । 


ट्रेड मलले दशैँ तिहारलाई लक्षित गरेर ल्याएको नगदै नगदको वर्षा उपहार योजनामा पहिलोपटक सो रकमको पुरस्कार जितेकामा आफू खुःशी व्यक्त गरिन् । शुक्रबार मलले एक औपचारिक कार्यक्रम गरी पुरस्कार रकम हस्तान्तरण कार्यक्रममा उहाँको मुहारमा खुशी झल्कन्थ्यो ।


ट्रेड मल व्यवस्थापन समिति र व्यवसायीहरुले भदौ १ देखि दशैँ तिहारलाई लक्ष्य गरी सो उपहार योजना ल्याएकामा बम्परमा गोलाप्रथा मार्फत तारा गुरुङले रु ५० हजार पुरस्कार जित्दा मेलिमा गुरुङ र कल्पना पौडेल रेग्मीले जनही रु २५ हजारका दरले पुरस्कार प्राप्त गर्नुभयो । विजेता तीनै जनालाई आज सो पुरस्कार रकम हस्तान्तरण गरिएको हो ।


पुरस्कार हस्तान्तरण समारोहमा पोखरा ट्रेड मलका सञ्चाल एवं उत्सव व्यवस्थापन समितिका सल्लाहकार बासुदेव पराजुली, उत्सव व्यवस्थापन समितिका सल्लाहकारद्धय माधव तिमिल्सिना र गोपाल बाटाजु, उत्सव व्यवस्थापन समितिका अध्यक्ष नवराज त्रिपाठी,  उपाध्यक्ष सीमा कोइराला, सचिव रमेश बराल, सदस्य सचिव कृष्ण भुसाल, कोषाध्यक्ष रघु दवाडी, सहकोषाध्यक्ष, धर्मदत्त अधिकारी सदस्यहरु राजीव क्षेत्री, नवराज ढुँगाना लगायत सहभागी हुनुहुन्थ्यो । 


पोखरा ट्रेड मलभित्रका ५०२ व्यापारिक सटरमा २७५ व्यावसायिक प्रतिष्ठान सञ्चालनमा रहेका छन् । मलमा फेन्सी, कस्मेटिक, जुत्ता चप्पल, बैंक तथा वित्तीय संस्था, सिनेमा हल, रेष्टुरेन्ट, जिम हल, गहनापसल, सारी तथा कुर्ता लगायतका पसल सञ्चालनमा छन् ।
 

काठमाडौं:     वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई टी–२० सिरिजको चौथो खेलमा २१० रनको विशाल लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डि...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले खुला रुपमा सुन चाँदी आयात इजाजत अन्तर्गत रहेर पैठारी खुला गरिनुपर्ने सुझाव दिएको छ ।   महासंघले आयोजना महासंघले आयोजना गरेको संचा...

थप पढ्नुहोस्

पोखरा:   सर्वोच्चको फैसलाले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको सरकारलाई मन्त्रीमण्डल बिस्तार र विश्वासको मत लिने ढोका खुला गरेको छ । यता राप्रपालाई तटस्थ भएर बस्ने बाटो बन्द भएको छ ।  &...

थप पढ्नुहोस्