ब्राजिललाई पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा
काठमाडाैं | मंसिर २३, २०७९
काठमाडौंः टाइब्रेकरमा ब्राजिललाई पराजित गर्दै क्रोएसिया फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ । क्रोएसियाले टाइब्रेकरमा ब्राजिललाई ४-२ ले स्तब्ध पार्दै सेमिफाइनल प्रवेश गरेकोहो ।
एजुकेसन सिटी रंगशालामा शुक्रबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका लागि निकै संघर्ष गर्नुपर्यो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । अतिरिक्त समयमा ब्राजिलले अग्रता लिएपनि क्रोएसियाले खेल बराबरी गरेपछि टाइब्रेकरमा खेलको निर्णय लिइएको थियो ।
टाइब्रेकरमा क्रोएसियाका निकोलस भ्लासिचले गोल गर्दै अग्रता दिलाए । जवाफमा ब्राजिलका रोड्रीगोको प्रहारलाई गोलरक्षक डोमिनिक लिभाकोभिचले बचाए । त्यसपछि क्रोएसियाका लोभ्रो माएरले गोल गर्दा क्यासेमिरोले पनि कुनै गल्ती गरेनन् । क्रोएसियाका लागि लुका मोड्रीचले तेस्रो प्रहारमा गोल गरेपछि ब्राजिलका पेड्रोले पनि गोलरक्षकलाई गलत दिशामा पठाए ।
चौथो प्रहारमा क्रोएसियाका मिस्लाभ ओर्सिचले गोलरक्षक एलिसनलाई बिट गर्दै अग्रता कायम राखे । ब्राजिलको चौथो प्रहारमा मार्किन्हसले पोस्टमा प्रहार गरेपछि क्रोएसिया सेमिफाइनलमा स्थान पक्का गर्न सफल भयो । अघिल्लो खेलमा जापानलाई टाइब्रेकरमा पराजित गरेको क्रोएसिया लगातार दोस्रो खेलमा जित हासिल गर्न सफल भयो ।
अतिरिक्त समयको पहिलो हाफ सकिनै लाग्दा नेयमारले सुन्दर गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । तर क्रोएसियाका लागि बेन्चबाट मैदान छिरेका ब्रुनो पेत्कोभिचले ५ मिनेट समय बाँकी रहँदा गोल गर्दै खेल पुनस् बराबरीमा ल्याए ।
अतिरिक्त समयको पहिलो हाफको इन्ज्युरी समयमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्र बाहिर आफैं सुरु गरेको मुभलाई ६ यार्ड बक्सभित्र गोलरक्षकलाई समेत छलाउँदै गोल गरेका थिए । नेयमारले पेनाल्टी क्षेत्र बाहिरबाट लुकास पाक्वेटालाई पास दिएर आफू भित्र पसे । त्यसपछि डिफेन्डरको चुनौती चिर्दै उनले गोलरक्षकलाई बिट गर्दै सुन्दर गोल पूरा गरे ।
दोस्रो हाफको ४ मिनेट समय बाँकी रहँदा क्रोएसियाले बराबरी गोल फर्कायो । पेत्कोभिचले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । बायाँ विंगबाट मिस्लाभ ओर्सिचले दिएको पासमा पेक्तोभिचले गरेको प्रहार डिफेन्डरलाई लाग्दा गोलरक्षक एलिसनले बचाउने अवसर नै पाएनन् ।
आज हुने दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स खेल्नेछन् । खेल नेपाली समयअनुसार रातको १२:४५ बजे सुरु हुनेछ ।
गलकोट: चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङको पहिरो नियन्त्रण गर्न थालिएको छ । बागलुङ–१० भकुण्डेस्थित दब्ल्याङमा गएको पहिरोले जिल्लाका दक्षिणी क्षेत्रका दुई वटा सडक ब...
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

