आइसिसी विश्वकप लिग टु: नेपालले बलियो स्कटल्यान्डसँग खेल्दै
काठमाडाैं | मंसिर २२, २०७९
                                
                            काठमाडौं: आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको चौथो तथा अन्तिमा खेलमा नेपालले बलियो स्कटल्यान्डसँग खेल्दैछ ।
नेपाल र नामिवियाबीचको खेल युनाईटेड क्रिकेट ग्राउन्ड विन्डहोकमा नेपाली समयअनुसार दिउँसो १ः४५  बजेपछि हुनेछ ।स्कटल्यान्डविरुद्व मैदान उत्रदा नेपाल नामिविया भ्रमणमा पहिलो जितको खोजीमा हुनेछ । यस भ्रमणमा नेपालले तीन खेलिसक्दा दुईमा हार र एकमा बराबरीको नतिजा निकालेको छ ।
नामिवियासँगको पहिलो खेल वर्षाका कारण रद्व हुँदा अंक नेपालले अंक पाएको थियो । दोस्रो खेलमा स्कटल्यान्डसँग ३ विकेटले परािजत भएको नेपाल बुधबार नामिवियासँग ८६ रनले पराजित भएको थियो ।
नेपाललाई शीर्ष तीनमा रहँदै आगामी वर्ष हुने ग्लोबल छनोट खेल्न बाँकी सबै खेल जित्नुपर्ने दवाव छ । बुधबार नामिवियासँगको हारले नेपालको सम्भावना झनै झिनो बनेको छ । शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता निरन्तरता दिन पनि जित्नै पर्ने दबाब छ ।
कास्की: पोखरामा दलित एकता संजाल नेपाल, कतार र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले सँयुक्त रुपमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा महानगरपालिका –१०, रामघाट...
गलकोट: निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् । निमार्णा...
पोखरा: डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ । ...
                    
