नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम पनि १ अर्ब तल झर्यो

काठमाडाैं | मंसिर २०, २०७९

नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम पनि १ अर्ब तल झर्यो

काठमाडौं:   साताको तेस्रो कारोबार दिन सेयर बजार परिसूचकमा एकल अंकको सामान्य गिरावट भएको छ । मंगलबार बजार परिसूचक नेप्से ४.८७ अंक (०.२५ प्रतिशत) ले गिरावट भएर १९३३.८८ अंकमा बन्द भएको छ ।


जीवन बीमा, लघुवित्त र अन्य बाहेक बजारलाई लिड गर्ने बैंकिङ सहित अधिकांश उपसूचकमा गिरावट हुँदा बजार परिसूचक नेप्से पनि घटेको हो । अन्य उपसूचक सर्वाधिक ०.५७ प्रतिशतले वृद्धि हुँदा लघुवित्त उपसूचक ०.२८ प्रतिशत र जीवन बीमा उपसूचक ०.०१ प्रतिशतले वृद्धि भएको छ ।


लगानी उपसूचक सर्वाधिक ०.९१ प्रतिशतले गिरावट हुँदा बैंकिङ उपसूचक ०.३९ प्रतिशतले गिरावट भएको छ । नेप्सेसँगै मंगलबार कारोबार रकममा पनि संकुचन भएको छ । सोमबार डेढ अर्ब माथिको कारोबार भएको बजारमा मंगलबार १ अर्बको पनि कारोबार हुन सकेन । मंगलबार नेप्सेमा २५ लाख ८१ हजार ४२५ कित्ता सेयर किनबेच हुँदा ९६ करोड ५२ लाख ११ हजारको कारोबार भएको छ ।


जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ८ करोड १२ लाख ३४ हजारको कारोबार हुँदा हिमालयन डिस्टिलरीको ५ करोड ५० लाख ८ हजार र रिडी पावरको ५ करोड २ लाख ७ हजारको कारोबार भएको छ । मंगलबार नेप्सेमा कुल १९९ कम्पनीको सेयर कारोबार भएकोमा १०९ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै ७८ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १२ कम्पनीको सेयर मूल्य स्थिर छ । मंगलबार कारोबार भएकामध्ये धौलागिरी लघुवित्तको सेयर मूल्य सवार्धिक ८.१७ प्रतिशतले वृद्धि हुँदा सिटिजन्स म्युचुअल फण्ड १ को इकाइमूल्य ६.१२ प्रतिशत र सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य ५.८६ प्रतिशतले बढेको छ ।


यता एनएमबि बैंकको सेयर मूल्य सर्वाधिक ६.०७ प्रतिशतले गिरावट हुँदा एनएमबि ५० को इकाइमूल्य ३.८५ प्रतिशत र आईसीएफसी फाइनान्स डिबेञ्चर २०८३ को मूल्य ३.३२ प्रतिशतले गिरावट भएको छ ।

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्

वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ।   पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

थप पढ्नुहोस्