केसीलाई ‘अन्तर्घाती’ करार गर्दै कांग्रेस, तर केसी भन्छन् – ‘प्रतिरोध र प्रतिवाद गर्न तयार छु’

पाेखरा | मंसिर २०, २०७९

केसीलाई ‘अन्तर्घाती’ करार गर्दै कांग्रेस, तर केसी भन्छन् – ‘प्रतिरोध र प्रतिवाद गर्न तयार छु’

पाेखराः आसन्न निर्वाचनमा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले क्षेत्र नम्बर १ बाट हारेपछि कांग्रेसभित्र पनि अन्तर्घात भएको ठहर गरिएको छ । 

 

गठबन्धनको समर्थनमा चुनावमा उत्रिएपनि सभापति बरालविरुद्ध निवर्तमान सभापति कृष्ण केसीले चलखेल गरेको संकेत कास्की कांग्रेसले गरेको छ । यस विषयमा बरालले नामै तोकेर केसीले आफु विरुद्ध चलखेल गरेको आरोप लगाएका छन् ।

 

‘म विरुद्ध निवर्तमान सभापति केसी खुलेरै लागेको सूचना पाइयो’ बरालले भने ‘अन्तर्घात भएको छ, र यसको मतियार केसी भएको अडियो नै सार्वजनिक भइसकेको छ ।’

 

केसीले बराललाई हराउन फोनमार्फत निर्देशन दिएको अडियो कांग्रेस मादी गाउँपालिका सभापति यमबहादुर गुरुङले सार्वजनिक गरेका हुन् । उक्त अडियोमा ‘यसलाई त हुँदैन, प्रदेशकोलाई जिताउने हो, बाँकी कुरा हुँदैन’ भनिएको छ । बरालका अनुसार उक्त निर्देशन आफुलाई हराउन दिइएको हो ।’

 

जिल्लाकै अर्का जिम्मेवार पदाधिकारीले पनि कारवाही गर्नुपर्ने व्यक्ति केसी नै भएको जनाएका छन् । ‘आफै बुझ्नुहोस् न, चुनावी परिणामपछि आम जनता र कार्यकर्ताहरु कसको घरमा नाराबाजी गर्न पुगेका थिए । 
 

 

पहिल्यैदेखि केसीको भूमिका शंकास्पद भएको र अडियो प्राप्त भएपछि शंका सत्यमा परिणत भएको उनले बताए । उनका अनुसार दैनिकरुपमा पार्टीले अन्तर्घात गरेको विषयमा सूचना प्राप्त गरिरहेको छ । 

 

कास्कीमा बरालबाहेक अन्य उम्मेदवारको हकमा भने कुनैपनि चलखेल नभएको कास्की कांग्रेसको ठम्याई छ । 

 

तर निवर्तमान सभापति केसी भने आफुबाट कसै विरुद्ध अन्तर्घात नभएको दाबी गर्छन् । ‘मैले बोलेको अडियो बाहिरिएको छ । र त्यो मेरै आवाज हो’ केसीले भने ‘कुन तात्पर्यमा को सँग बोलेको भन्ने त्यहाँ छैन, लामो सम्वादको केही भागलाई सार्वजनिक गरेर दुष्प्रचार गरिएको छ ।’

 

निर्वाचन परिणाम आफु अनुकुल नआएपछि विभिन्न बहाना बनाउनु लाजमर्दाे भएको केसीको भनाई छ । त्यसो त पार्टीले टिकट दिँदा विवेक नपु¥याएछि उम्मेदवारले भोट पाउन नसकेको तथ्य लुकाउन नाटक मञ्चन भएको केसीको प्रतिक्रिया छ ।

 

पार्टीले आफु विरुद्ध सूचना संकलन गरेको जानकारी पाएपनि केसीले निर्धक्क भने, ‘आरोप लगाइएला, मलाइ बोलाइएला, त्यहाँ समीक्षा होलान्, म मेरा कुरा राख्छु ।’ 

 

यद्यपि, हालसम्म आफुमाथि भएको षडयन्त्रउपर कुनै टिप्पणी गर्न आवश्यक नभएको बताउँदै केसीले भने ‘नेपाली कांग्रेस मेरो पनि पार्टी हो, हरेक आरोपको प्रतिरोध र प्रतिवाद गर्न म तयार छु ।

 

यसअघि स्थानीय निर्वाचनमा नेकपा एमालेभित्र पनि घात–अन्तर्घातबारे अडियो सार्वजनिक भएको थियो । 

कास्की:   पोखरामा दलित एकता संजाल नेपाल, कतार र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले सँयुक्त रुपमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।   पोखरा महानगरपालिका –१०, रामघाट...

थप पढ्नुहोस्

गलकोट:  निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् ।  निमार्णा...

थप पढ्नुहोस्

पोखरा:   डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ ।  ...

थप पढ्नुहोस्