पोखरामा फेसन डिजाइनिङ, पार्लर, इलेक्ट्रिसियनदेखि कम्प्युटर हार्डवेयरलगायत १२ तालिम निशूल्क
पाेखरा | मंसिर १६, २०७९
पोखराः व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, पोखरा १२ विषयमा निशूल्क तालिम दिने भएको छ ।
तालिमका विषयमा ब्युटी पार्लर, कुक, इलेक्ट्रिसियन, फेशन डिजाइनिङ्, बुटिक, सिलाई–कटाई, प्लम्बिङलगायत रहेका छन् । ३ महिना सञ्चालन हुने तालिममा सहभागी हुन केन्द्रले ८ देखि १० कक्षा पास भएको हुनुपर्ने योग्यता कायम गरेको छ ।
त्यस्तै, सहिद परिवार, अपांग, द्वन्द्वपीडित, एकल महिला आदिलाई विशेष प्राथमिकता दिई आवेदनको लागि अनुरोध गरिएको छ ।
शिक्षा, संस्कृति, विज्ञान प्रविधि मन्त्रालयको पहलमा हुने तालिम सीप विकास केन्द्र पोखरामा हुनेछ । तालिममा सहभागी हुन इच्छुकले १५ दिनभित्र केन्द्रमा आवेदन दिनुपर्नेछ ।

सङ्खुवासभा: सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् । चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १&n...
पोखरा: १४ औं पोखरा महोत्सव सभ्य र भब्यताका साथ सम्पन्न भएको छ । गत पुष २९ देखि माघको ११ गते सम्म आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका बीच समापन गरे । समापन समा...
काठमाडौंः आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ । आज राष्ट्रियसभामा रिक्त रहेको १८ पदका लागि निर्वाचन भएको थियो । कहाँ को विजयी भए हेर्नुहो...

