पहिरोका कारण अवरुद्ध पोखरा–सिक्लेस सडकखण्ड

पाेखरा | मंसिर १४, २०७९

पहिरोका कारण अवरुद्ध पोखरा–सिक्लेस सडकखण्ड तस्बिरः मादी गाउँपालिका १ का वडाध्यक्ष देवीजंग गुरुङको फेसबुकबाट

पोखराः   कास्कीको पर्यटकीय क्षेत्र मादी गाउँपालिका १ सिक्लेस जाने सडकखण्ड अवरुद्ध भएको छ । हिजो (मंगलबार) अपह्रान्ह करिब ४ बजे खसेको सुख्खा पहिरोका कारण सडक अवरुद्ध भएको हो । 


पोखरा–सिक्लेस ग्रामीण सडकखण्ड अन्र्तगत खिलाङ र चिप्लीगाउँबीचको खोलामा सुख्खा पहिरोसहित ठुलो ढुङ्गा खस्दा सडक अवरुद्ध भएको मादी गाउँपालिका १ का वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए । उनले वडा कार्यालय र स्थानीयको पहलमा सडक खुलाउन पहल भइरहेको बताए । 


‘सिक्लेस जाने सडकखण्डको खिलाङ, चिप्ली गाउँबीचको खोलामा सुख्खा पहिरोसहित ठुलो ढुङ्गा झरेकाले अहिले बाटो बन्द छ, उनले भने, ‘हिजो बेलुकीपख सुख्खा पहिरो झरेको रहेछ । अहिले एक्सभेटरले ढुङ्गा फुटाइरहेको छ । मादी गाउँपालिका, मादी ६ र १ को समन्वयमा साँझसम्म सडक सञ्चालनमा ल्याउने गरि काम भइरहेको छ ।’


मंगलबार अपह्रान्ह करिब ४ बजे  झरेको सुख्खा पहिरोले सडक अवरुद्ध भएपछि सिक्लेसबाट पोखरा आउने र पोखराबाट सिक्लेस जाने यात्रु तथा पर्यटकहरुले सवारी परिवर्तन गरेर गन्तव्यमा पुगेको स्थानीय डम्मर गुरुङले जानकारी दिए ।

 

स्थानीय मादी गाउँपालिका ६ को सडक निर्माणको ठेकेदारको सहयोगमा अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । 

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्