मिडटाउन सिनेमाजमा मगर चलचित्र ‘मीसार’ को विशेष प्रदर्शन

कास्की | जेठ ११, २०७९

मिडटाउन सिनेमाजमा मगर चलचित्र ‘मीसार’ को विशेष प्रदर्शन

पोखरा:  म्याक्सन फोरडी स्टुडियोको चौथो प्रस्तुतिमा निर्मित मगर समुदायको संस्कार संस्कृतिमा आधारित चलचित्र ‘मीसार’ को विशेष प्रदर्शन पोखरामा हुने भएको छ ।  एसटी क्रियशन म्यानेजमेन्ट प्रालिको आयोजनामा यहि जेष्ठ १२ गते बिहीबार विहान ८ बजे पोखराको मिडटाउन सिनेमा हलमा सो चलचित्र प्रदर्शन हुने भएको हो ।

 

चलचित्र मगर समुदायको संस्कार र संस्कृतिमा आधारित उक्त चलचित्रमा नेपाली र मगर भाषा प्रयोग गरिएको चलचित्रका निर्देशक सन्तोष पिठाकोटे मगरले जानकारी दिए । 

 

उनका अनुसार सो चलचित्रमा दवेन्द्र थापा तुमसिं, सनम आले मगर, जेनिता थापा मगर, दिपु मगर, प्रतिक्षा राना मगर, रविन्द्र थापा मगर, भेष गुरुङ, भेष बहदुर पिठाकोटे मगर, कोटबहादुर बाचे मगर, निशा थापा मगर, पबित्रा थापा मगर, प्रेम माया आले मगर, मनिराज थापा मगर, चन्द्र मगर, सुमन आले मगर, धना राना मगर, वसन्त सारु मगर, मनमाया आले मगर लगायतको अभिनय रहेको छ ।
उक्त चलचित्रको कथा, छायाँकन, सम्पादन र निर्देशन शेरबहादुर पिठा मगर र सन्तोष पिठाकोटे मगरले गरेका छन् । 


 

काठमाडौं।     प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ ।   प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको  सबैलाई धन्यवाद द...

थप पढ्नुहोस्

गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ ।    उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२०  मतान्तरले पछाडी पार्दै ...

थप पढ्नुहोस्

काठमाडौं:  देशका केही भू-भागमा आज  मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...

थप पढ्नुहोस्