स्याङजा १ मा मतगणना शुरु

स्याङ्जा | मंसिर ५, २०७९

स्याङजा १ मा मतगणना शुरु

स्याङ्जा:   दुई निर्वाचन क्षेत्र रहेको स्याङजाको क्षेत्र नं १ मा मतगणना शुरु भएको छ । दिउँसो सवा १ बजेदेखि मतगणना शुरु गर्ने सर्वदलीय तथा सर्वपक्षीय बैठकले निर्णय गरे पनि तयारी नपुग्दा ढिलाइ भएको हो । 


मतगणना प्रत्यक्ष र समानुपातिक दुबै एकै पटक शुरु गरिएको छ । यहाँ त्रिभुवन आदर्श माबि केन्द्रबाट मतगणना गरिएको हो । यस केन्द्रमा संघको मत गणनासँगै प्रदेश (क) को मतगणना हुने मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीले बताउनुभयो । 


यहाँ क्षेत्र नं १ मा ७१ हजार २७३ मत खस्दा प्रदेश (क) मा ३३ हजार १९८ र (ख) मा ३८ हजार ७५ मत खसेको छ । यस्तै, क्षेत्र नं २ मा भने मतगणना कतिबेला शुरु हुने अनिश्चित बनेको छ । 


गठबन्धनले चार बुथ कब्जा गरेको भन्दै एमालेले पुनः मतगणना हुनुपर्ने दाबी गरेसँगै मतगणना अनिश्चित बनेको हो । क्षेत्र नं २ मा ६९ हजार ९२८ मत खस्दा (क) मा ३१ हजार २८६ र (ख) ३८ हजवार ६४२ मत खसेको छ । 

पोखरा:   २०८२ माघ १ गतेदेखि प्रदर्शनमा आएको नेपाली सिनेमा ‘भाइरल गोर्खे’ को टिमले पोखरामा दर्शकसँग प्रत्यक्ष भेटघाट  गरेको छ ।  पोखराको मिडटाउन सिनेमाजमा आइतबार आयोजित हल भ...

थप पढ्नुहोस्

काठमाडौं: काठमाडौं महागनरपालिकाका मेयर बालेन्द्र शाहले पदबाट राजीनामा दिएका छन्।  आइतबार शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन्।  स्थानीय तहका प्रमुखले उपप्रमुखलाई र उपप्र...

थप पढ्नुहोस्

काठमाडौं: राष्ट्रियसभाका तीन सदस्यले राजीनामा दिएका छन् ।  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा (एमाले) की भगवती न्यौपानेले राष्ट्रियसभा अध्यक्ष नारायण...

थप पढ्नुहोस्