रुपन्देहीको मतगणना आजै रातिदेखि

रूपन्देही | मंसिर ४, २०७९

रुपन्देहीको मतगणना आजै रातिदेखि बागलुङ नगरपालिका–२ स्थित बालमन्दिर मतदान केन्द्रमा मतदान सम्पन्न पश्चात मतपेटिका सिल पश्चात गणनाका लागि लगिंदै ।

रुपन्देही:   रुपन्देहीमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि भएको निर्वाचनको मतगणना आजैदेखि सुरु गर्ने तयारी गरिएको छ ।


जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रवक्ता टेकराज पन्थीका अनुसार सबै मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा पुगिसकेपछि सर्वपक्षीय बैठक बसेर मतगणना सुरु हुनेछ । “समय तय भएको छैन तर, आजै रातिदेखि मतगणना सुरु हुन्छ”, उहाँले भन्नुभयो ।


जिल्लामा रहेका पाँच निर्वाचन क्षेत्रमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतगणना हुने उहाँले बताउनुभयो । क्षेत्र नं १ को देवदह नगरपालिकास्थित शीतलनगर देवदह आदर्श बहुमुखी क्याम्पसमा मतगणना हुनेछ ।


त्यसैगरी क्षेत्र नं २ को बुटवल उपमहानगरपालिका कार्यालय, ३ को भैरहवा उच्च मावि भैरहवामा, ४ को कोटहीमाई गाउँपालिकाको भवनमा र ५ को गैडहवा गाउँपालिकाको भवनमा मतगणना हुने प्रवक्ता पन्थीले बताउनुभयो ।


आज भएको निर्वाचनमा यस जिल्लामा करिब ६६ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

काठमाडौं:     ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न ७ जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। घिमिरे खोटाङको मझुवागढी नगरपालिका १ घर भइ हाल काठमाडौं टोखा नगरपालिका ...

थप पढ्नुहोस्

काठमाडौं:     प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि स्थगित भएको छ। आइबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको सभामुख देवराज घिमिरेको सचिवाल...

थप पढ्नुहोस्

काठमाडौं:     आज बस्ने प्रतिनिधि सभाको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बोल्न दिने विपक्षी दलको बैठकले निर्णय गरेको छ । बानेश्वरमा बसेको कांग्रेससहितका विपक्षी दलका नेताहरुको बैठकले लाम...

थप पढ्नुहोस्