सुरक्षाकर्मीको संयमताले बाजुरामा ठूलो दुर्घटना हुनबाट रोकियोः गृह मन्त्रालय
काठमाडाैं | मंसिर ४, २०७९
तस्बिर फाइल
काठमाडौंः गृहमन्त्रालयले सुरक्षाकर्मीको संयमताले बाजुरामा ठूलो दुर्घटना हुन नपाएको बताएको छ । गृह सचिव विनोदप्रकाश सिंहले बाजुराको त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत विद्यालयको मतदान केन्द्रमा मतपेटिका खोस्न थालेपछिको उत्पन्न परिस्थिति नियन्त्रणमा लिने क्रममा संयमता अपनाउँदा अपनाउँदै एकजनाको मृत्यु भएको र प्रहरीसहित केही व्यक्ति घाइते भएको जानकारी दिनुभयो ।
मृत्यु हुनेमा स्थानीय सञ्जीव ऐडी रहेको जनाइएको छ । आठ प्रहरी र आठजना निर्वाचन कर्मचारीलाई घेराउ गरेर ढुङ्गामुढा गरी मतपेटिका खोस्न थालेपछि प्रहरीले बाध्य भएर स्थिति नियन्त्रणमा लिन खोज्दा गोली लागेर एकजनाको मृत्यु भएको सूचना आएको जानकारी दिँदै उहाँले घटनाको अनुसन्धानपछि सत्यतथ्य सार्वजनिक हुने बताउनुभयो ।
उहाँले प्रहरीले पूर्ण अधिकार प्राप्त हुँदाहुँदै पनि धेरै संयमता अपनाएका कारण ठूलो दुर्घटना हुन नपाएको पनि बताउनुभयो । दुई पक्षीय विवाद भएको र मतपेटिका नै खोस्न थालेपछि घटना हुन पुगेको उहाँको भनाइ छ । स्थानीयले ढुङ्गा र बाँसले हानेर केही प्रहरीसमेत घाइते भएका उहाँले बताउनुभयो ।
उहाँले बाजुरा, सुर्खेतलगायत केही क्षेत्रमा मतदान स्थगित भएको र कतै दुई पक्षीय झडप, त कतै विवाद भएको जानकारी आएको पनि बताउनुभयो । अन्य क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान भएको तर सबै जिल्लाको विस्तृत विवरण भने आउने क्रममा रहेको सचिव सिंहले जानकारी दिनुभयो ।
बाजुराका सहायक प्रजिअ लोकेन्द्रबहादुर विष्टले उक्त घटनामा एकजनाको मृत्यु भएको र दुई घाइतेलाई हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पठाइएको जानकारी दिनुभयो । सो क्षेत्रमा अहिले नेपाली सेनाको टोलीसमेत पठाइएको गृहमन्त्रालयले जनाएको छ ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

