पोखरामा ९१ वर्षीय वृद्ध कुवर मतदानमा सहभागी(तस्बिर सहित )
काठमाडाैं | मंसिर ४, २०७९
पोखरा: पोखरामा ९१ वर्षीय वृद्ध मुसी कुवर प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सहभागी हुनु भएको छ ।
कास्कीमा बिहान चिसोका कारण अधिकांश मतदान केन्द्रमा मतदाता कम उपस्थिति रहेपनि अहिले उपस्थिति बढ्दै गएको तालबाराही मतदान केन्द्रका मतदान अधिकृत रामप्रसाद आचार्यले बताए ।
‘बिहान मतदाताको संख्या अलि कम थियो’ उनले भने, बिहान चिसो मौसलले होला मतदाताको संख्या कम नै थियो । अहिले मतदाताको उपस्थिति बढेको छ ।’
आज ( आइतबार) देशभर मतदान भइरहेको छ । कास्कीको तिन निर्वाचनमा क्षेत्रमामा तीनसय ४४ मतदान केन्द्रमा मतदान भइरहेको छ ।
कास्कीबाट २ लाख ६४ हजार ४ सय ५६ मतदाताहरु निर्वाचनमा सहभागी हुदैछन् । जसमध्ये १ लाख ४० हजार ३ सय ६९ जना महिला, १ लाख २४ हजार ८३ जना पुरुष र अन्य ४ जना मतदाता रहेका छन् ।
हेरौं तस्बिरमा...








पाेखरा : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ । तस्बिरहरू:- ...
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

