छाङरु–तिङ्करवासीले ५ दिनको बाटो हिडेर गरे मतदान

दार्चुला | मंसिर ४, २०७९

छाङरु–तिङ्करवासीले ५ दिनको बाटो हिडेर गरे मतदान

दार्चुला:   दार्चुलाको व्यास गाउँपालिका१ का मतदाताले जिल्ला सदरमुकाम खलङ्गामा आएर मतदान गरेका छन् ।


छाङरु र तिङ्कर क्षेत्रमा बसोबास गर्ने मतदाताहरूले खलङ्गास्थित मोती महिला संघको केन्द्रबाट मतदान गरेका छन् । तिङ्करमा २३५ जना मतदाता छन् । उनीहरू कात्तिक २९र३० गते नै सदरमुकाम आइपुगेका थिए ।


उनीहरूले मतदान गरेको खलंगाको मतदान केन्द्र गाउँबाट २८ कोषको दूरीमा छन् । मतदानकै लागि उनीहरू पाँच दिन हिँडेर खलंगा आएका हुन् ।


तिङ्कर र छाङरुबाट सिधै सदरमुकाम आउने बाटो छैन ।उनीहरुलाई सदरमुकाम आउनसमेत भारतीय भूमिको बाटो प्रयोग गर्नु पर्ने बाध्यता छ ।


तिङ्कर क्षेत्रमा अहिले चिसो धेरै भएकाले र जाडोमा बस्न नसक्ने भएकाले उनी तल्लो भेगतिर झर्छन् । त्यसैले व्यास१ को छाङरु र तिङ्करका मतदाताका लागि सदरमुकाम खलंगामा छुट्टै केन्द्र बनाइएको छ ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्