स्थानीय तह निर्वाचनः काँग्रेस ३२२, एमाले २०२ र माओवादी केन्द्र १२० मा विजयी
काठमाडाैं | जेठ १०, २०७९
काठमाडौं, स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म ७३८ पालिकाको नतिजा सार्वजनिक भएको छ। जसअन्तर्गत नेपाली कांग्रेसले ३२२ पालिका जितेको छ भने नेकपा एमालेले २०२ पालिका जितेको छ।
यसैगरी, नेकपा माओवादी केन्द्रले १२० पालिका जित्दा नेकपा एकीकृत समाजवादीले ११, जनता समाजवादी पार्टीले २१ र अन्य पार्टीले ६२ पालिका जितेका छन्। मंगलबार विहान ११ बजेसम्म निर्वाचन आयोगको केन्द्रीकृत डाटामा समाविष्ट तथ्याङ्कअनुसार नेपाली काँग्रेसले १३४ पालिकामा प्रमुख पद जितेको छ भने चार पालिकामा अग्रता लिएको छ।
यस्तै, नेकपा एमालेले ७९ पालिकामा प्रमुख पद जितेको छ भने तीन पालिकामा अग्रता लिएको छ। नेकपा माओवादी केन्द्रले २४ पालिकामा प्रमुख पद जितेको छ भने दुई पालिकामा अग्रता लिएको छ। यस्तै, नेकपा एकीकृत समाजवादीले ११ पालिकामा प्रमुख पद जितेको छ भने एक पालिकामा अग्रता कायम गरेको छ।
यस्तै, अन्य पार्टीले ३० पालिकामा प्रमुख पद जितेका छन् भने तीन पालिकामा अग्रता बनाएका छन्। ४६० गाउँपालिकातर्फ सबै पालिका अध्यक्षको टुंगो लागेको छ जसअन्तर्गत कांग्रेसले १८८ पालिकामा अध्यक्ष पद जितेको छ । एमालेले १२३ पालिकामा अध्यक्ष पद जितेको छ ।। माओवादी केन्द्रले ९६ पालिकामा अध्यक्ष पद जितेको छ ।
जनता समाजवादी पार्टीले २१ पालिकामा अध्यक्ष पद जितेको छ । यस्तै, अन्य पार्टीले ३२ पालिकामा अध्यक्ष पद जितेका छन् । यस्तै, काँगेसले १०५ पालिकामा उपप्रमुख पद जितेको छ भने पाँच पालिकामा अग्रता लिएको छ। यस्तै, एमालेले १०६ पालिकामा उपप्रमुख पद जितेको छ भने सात पालिकामा अग्रता लिएको छ। माओवादी केन्द्रले ३३ पालिकामा उपप्रमुख पद जितेर कुनै पालिकामा अग्रता बनाएको छैन ।
जनता समाजवादीले ११ पालिकामा उपप्रमुख पद जितेको छ भने एक् पालिकामा अग्रता बनाएको छ । अन्यले २३ पालिकामा उपप्रमुख पद जितेका छन् भने कुनै पालिकामा अग्रता बनाएको छैन । यस्तै, काँग्रेसले १९० पालिकामा उपाध्यक्ष पद जितेको छ भने अग्रता लिएको छैन्। एमालेले १२६ पालिकामा उपाध्यक्ष पद जितेको छ भने अग्रता लिएको छैन ।
माओवादी केन्द्रले ९५ पालिकामा उपाध्यक्ष पद जितेको छ भने कुनै पालिकामा अग्रता लिएको छैन। जनता समाजवादी पार्टीले १९ पालिकामा उपाध्यक्ष पद जितेको छ भने कुनै पालिकामा अग्रता बनाएको छैन।
अन्यले ३० पालिकामा उपाध्यक्ष पद जितेका छन् भने दुई अग्रता लिएका छैनन्। यस्तै, काँग्रेसले दुई हजार ६३१ वटा वडामा अध्यक्ष जितेर दुई वटा वडामा अग्रता लिइरहेको छ। एमालेले दुई हजार १११ वटा वडा जित्दा कुनै वडामा अग्रता लिएको छैन । नेकपा माओवादी केन्द्रले एक हजार ४८ वटा वडामा अध्यक्ष जितेको छ। अग्रता लिएको छैन ।
यस्तै, जनता समाजवादी पार्टीले २८८ वटा वडामा अध्यक्ष जितेको छ भने कुनै वडामा अग्रता लिएको छैन । अन्यले ५८४ वटा वडा जितेका छन् भने दुई वटामा अग्रता लिएका छन्।
काठमाडौं। प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको सबैलाई धन्यवाद द...
गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२० मतान्तरले पछाडी पार्दै ...
काठमाडौं: देशका केही भू-भागमा आज मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...

