पोखरामा महिलामैत्री मतदान केन्द्र

पाेखरा | मंसिर २, २०७९

पोखरामा महिलामैत्री मतदान केन्द्र

कास्कीः  पोखराको लेखनाथस्थित जनप्रकाश उच्च मावि मतदान स्थलको मतदान केन्द्र (घ) लाई महिलामैत्री केन्द्र बनाइएको छ । 

 

छ वटा निर्वाचनमा मतदान अधिकृतको जिम्मेवारी बटुली सक्नुभएकी गीता न्यौपानेको नेतृत्वमा सहायक मतदान अधिकृतसहित आठ जना महिला कर्मचारी खटाइएको छ । प्रदेश निर्वाचन कार्यालय गण्डकी, पोखराका निर्वाचन अधिकृत हुमप्रसाद पराजुलीले जनप्रकाश मावि मतदान स्थलको एक मतदान केन्द्रलाई महिलामैत्री बनाइएको जानकारी दिनुभयो । 

 

कास्की निर्वाचन क्षेत्र नं १ अन्तगर्तको उक्त मतदान स्थलको ‘घ’ मतदान केन्द्रमा आड सयभन्दा बढी मतदाता रहेको जानकारी निर्वाचन कार्यालयले दिएको छ । 

 

कास्की निर्वाचन क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन सामग्री बुझ्दै मतदान अधिकृत न्यौपानेले भन्नुभयो, जसरी निर्वाचन कार्यालयले महिलामैत्री मतदान केन्द्रको नेतृत्व गर्ने जिम्मेवारी दिएको छ त्यसरी नै उत्कृष्ट मतदान अधिकृतको रुपमा आफूलाई उभ्याउने उहाँले बताउनुभयो । 

 

उक्त केन्द्रबाट मतदान गर्ने हरेक मतदाताले सहज, भयरहित, निष्पक्ष, र स्वच्छरुपमा मतदान गर्ने वातावरण सृजना गर्ने प्रतिबद्धतासमेत उहाँले  व्यक्त गर्नुभयो । उक्त मतदान केन्द्रमा मतदान अधिकृत न्यौपानेसहित आठै जना स्वास्थ्य क्षेत्रका कर्मचारी हुन् । 

 

सञ्चारकर्मीसँग कुरा गर्दै मतदान अधिकृत न्यौपानेले भन्नुभयो, “हामी सबै स्वास्थ्य क्षेत्रका कर्मचारी हौँ मतदानको समयमा कुनै मानिस अचानक बिरामी परेमा प्राथामिक उपचारसमेत गर्न सक्छौँ । ”

 

त्यसैगरी पोखराको बसुन्धरा पार्कको मतदान केन्द्रमा समेत महिलामैत्री मतदान केन्द्र रहेको जानकारी जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यहाँ गीता दोरञ्जाले मतदान अधिकृतको भूमिका निभाउनुभएको जानकारी निर्वाचन कार्यालयले दिएको छ । 

काठमाडौं:  गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्न आग्रह गरेको छ ।  मन्त्रालयले आज विज्ञप्ति जारी गरी भनेको छ, &l...

थप पढ्नुहोस्

काठमाडौं: नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने र पर्यटकलाई ठगी गर्ने ६ जनालाई पक्राउ गरेको छ ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले फेक रेस्क्यूमा संलग्न विभिन्न ...

थप पढ्नुहोस्

पोखरा:  छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको ...

थप पढ्नुहोस्