तीन दशकपछि हेटौडामा एमाले पराजित, समाजवादीकी लामा बनिन् मेयर

काठमाडाैं | जेठ ७, २०७९

तीन दशकपछि हेटौडामा एमाले पराजित, समाजवादीकी लामा बनिन् मेयर

मकवानपुर- हेटौंडा उपमहानगरपालिकाको पहिलो महिला मेयरको रुपमा मीना कुमारी लामा निर्वाचित हुनु भएको छ । सत्तारुढ गठबन्धनका तर्फबाट मेयरको उम्मेदवार बनेकी नेकपा एकिकृत समाजवादीकी लामा हेटौंडाको पहिलो महिला मेयरको रुपमा निर्वाचित हुनु भएको हो ।

 

लामाले आफ्नो निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अनन्त पौडेललाइ २ हजार एकसय ५८ मतले पराजित गर्नु भएको छ । लामाले २३ हजार ६७ मत पाउँदा पौडेलले २० हजार नौसय ८ मत पाउनु भएको छ । राप्रपाका उम्मेदवार दिपक सिंहले २० हजार पाँच सय ३१ मत प्राप्त गर्नु भएको छ ।

 

त्यस्तैगरी उपमेयरमा गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका राजेश बानियाँ विजयी हुनु भएको छ । उहाँले ३२ हजार पाँच सय ९३ मत पाउनु भएको छ भने उहाँको प्रतिस्पर्धी एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले २३ हजार नौ सय नौ र राप्रपा उम्मेदवार इन्दिरा न्यौपानेले पाचहजार ८ सय ८६ मत पाउनु भयो ।

 

मेयरमा लामा निर्वाचित भएसँगै नेकपा एमालेको तीन दशक लामो विरासत भत्किएको छ । हेटौंडामा २०४८ सालदेखी निरन्तर रुपमा एमालेले विजयी हासिल गर्दै आएको थियो ।

 

कुनैबेला एउटै पार्टिमा रहँदा आफ्नो गुरु रहेका अनन्त पौडेललाइ हराएर हेटौंडामा नयाँ इतिहास रच्‍नु लामाको लागि सहज थिएन । तर, चुनौतिको चाङको बिच लामाले जीत मात्रै हात पार्नु भएन, हेटौंडाको इतिहासको नयाँ पाना पनि कोर्नुभयो ।

 

तीन दशकदेखी हेटौंडामा एकछत्र राज गर्दै आएको एमालेले हेटौंडालाई आफ्नो लालकिल्ला बताउँदै आएको थियो । तर, हेटौंडा मेयरमा समाजवादिकी लामा र उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँ विजयी भएसङ्गै एमालेको लालकिल्ला ढलेको छ । अघिल्लो निर्वाचनमा नेकपा एमालेबाट हेटौंडाको उपमेयर बन्नुभएकी लामाले पार्टी विभाजनमा एमाले त्यागेर समाजवादी रोजेकी रोज्नु भएको थियो ।-

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्