तीन दशकपछि हेटौडामा एमाले पराजित, समाजवादीकी लामा बनिन् मेयर
काठमाडाैं | जेठ ७, २०७९
मकवानपुर- हेटौंडा उपमहानगरपालिकाको पहिलो महिला मेयरको रुपमा मीना कुमारी लामा निर्वाचित हुनु भएको छ । सत्तारुढ गठबन्धनका तर्फबाट मेयरको उम्मेदवार बनेकी नेकपा एकिकृत समाजवादीकी लामा हेटौंडाको पहिलो महिला मेयरको रुपमा निर्वाचित हुनु भएको हो ।
लामाले आफ्नो निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अनन्त पौडेललाइ २ हजार एकसय ५८ मतले पराजित गर्नु भएको छ । लामाले २३ हजार ६७ मत पाउँदा पौडेलले २० हजार नौसय ८ मत पाउनु भएको छ । राप्रपाका उम्मेदवार दिपक सिंहले २० हजार पाँच सय ३१ मत प्राप्त गर्नु भएको छ ।
त्यस्तैगरी उपमेयरमा गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका राजेश बानियाँ विजयी हुनु भएको छ । उहाँले ३२ हजार पाँच सय ९३ मत पाउनु भएको छ भने उहाँको प्रतिस्पर्धी एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले २३ हजार नौ सय नौ र राप्रपा उम्मेदवार इन्दिरा न्यौपानेले पाचहजार ८ सय ८६ मत पाउनु भयो ।
मेयरमा लामा निर्वाचित भएसँगै नेकपा एमालेको तीन दशक लामो विरासत भत्किएको छ । हेटौंडामा २०४८ सालदेखी निरन्तर रुपमा एमालेले विजयी हासिल गर्दै आएको थियो ।
कुनैबेला एउटै पार्टिमा रहँदा आफ्नो गुरु रहेका अनन्त पौडेललाइ हराएर हेटौंडामा नयाँ इतिहास रच्नु लामाको लागि सहज थिएन । तर, चुनौतिको चाङको बिच लामाले जीत मात्रै हात पार्नु भएन, हेटौंडाको इतिहासको नयाँ पाना पनि कोर्नुभयो ।
तीन दशकदेखी हेटौंडामा एकछत्र राज गर्दै आएको एमालेले हेटौंडालाई आफ्नो लालकिल्ला बताउँदै आएको थियो । तर, हेटौंडा मेयरमा समाजवादिकी लामा र उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँ विजयी भएसङ्गै एमालेको लालकिल्ला ढलेको छ । अघिल्लो निर्वाचनमा नेकपा एमालेबाट हेटौंडाको उपमेयर बन्नुभएकी लामाले पार्टी विभाजनमा एमाले त्यागेर समाजवादी रोजेकी रोज्नु भएको थियो ।-
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

