लुम्बिनीकै पहिलो गाउँपालिका महिला प्रमुख बनिन् ‘चिदीमगर’

पाल्पा | जेठ ४, २०७९

लुम्बिनीकै पहिलो गाउँपालिका महिला प्रमुख बनिन् ‘चिदीमगर’

पाल्पा:   नेपाल कम्युनिष्ट पार्टी एमालेबाट पाल्पाको बगनासकाली गाउँपालिकाको प्रमुखमा निर्वाचित हुदै सरस्वती चिदी दर्लामीमगर लुम्बिनी प्रदेशकै पहिलो गाउँपालिका महिला प्रमुख बनेकी छिन् । निकतटम प्रतिद्वन्दी नेपाली कांग्रेसका सुनिता अधिकारीलाई ८ सय ३३ मतान्तरले पराजित गर्दै चिदीमगर गाउँपालिका प्रमुख बनेकी हुन् ।

 

उनले कुल ६ हजार ४ सय ६६ मत प्राप्त गरिन् । भने निकटतम प्रतिद्वन्दी अधिकारीले ५ हजार ६ सय ३३ मत पाइन् ।

 

यसैगरि गाउँपालिका उपप्रमुखमा सोही पार्टीकै हरि पाठक ५ हजार ८ सय ७३ मत प्राप्त गर्दै  विजयी भए । पाठकका निकटतम प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीका खिमानन्द पाण्डेय (कमल) लाई १ हजार ९५ मतान्तरले हराए ।

 

पराजित बनेका पाण्डेयले कुल ४ हजार ७ सय ७८ मत पाएका थिए ।

 

उक्त गाउँपालिकाको ९ वडा मध्ये वडा नम्बर २, ३, ४, ५, ७ र ८ मा नेकपा एमालेका उम्मेदजार निर्वाचित भएका छन् भने १, ६, र ९ मा नेपाली कांग्रेसका उम्मेदवार अध्यक्षमा विजयी भएका छन् ।  लुम्बिनी प्रदेशकै गाउँपालिकाहरु मध्ये पहिलो महिला प्रमुख बनेकी चिदीमगर २०७४ साल भएको स्थानीय तहको निर्वाचनमा बगनासकाली गाउँपालिकाको उपप्रमुखमा निर्वाचित भएकी थिइन् ।

काठमाडौं।     प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ ।   प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको  सबैलाई धन्यवाद द...

थप पढ्नुहोस्

गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ ।    उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२०  मतान्तरले पछाडी पार्दै ...

थप पढ्नुहोस्

काठमाडौं:  देशका केही भू-भागमा आज  मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...

थप पढ्नुहोस्