उम्मेदवार मनबहादुरको कास्की क्षेत्र १ मा माओवादी र कांग्रेसका १० जना एमालेमा प्रवेश
पाेखरा | कात्तिक १८, २०७९
पोखरा । कास्की क्षेत्र नम्वर १ बाट नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभाका प्रत्यासी उम्मेदवार मनबहादुर गुरूङको क्षेत्र अन्तर्गत पर्ने रूपा गाउँपालिका वडा नम्वर ३ को काल्लाङटार र थापाचोकका टंक के.सीसहित ५ जना माओवादी कार्यकर्ता र शुक्रदेव सुनारसहित ५ जना काँग्रेश कार्यकर्ताले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई पार्टी संगठन विभाग प्रमुख तथा १ (क) का प्रदेश सभा उम्मेदवार खगराज अधिकारी र कास्की जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभा उम्मेदवार मनबहादुर गुरूङले एक कार्यक्रमका विच स्वागत गरेका थिए ।
नवप्रवेशी कार्यकर्ताहरुले माओवादी र कांग्रेस सर्वहारा जनताको पार्टी बन्न नसकेकाले आफूहरुले पार्टी परित्याग गरेको बताए । साथै उनीहरुले सो क्षेत्रमा एमाले उम्मेदवारलाई विजयी गराउन लागि पर्ने अठोट व्यक्त गरे ।
कार्यक्रममा प्रतिनिधि सभा उम्मेदवार मनबहादुर गुरूङले भष्ट्रचारको अन्त्य साथै मुल्यवृद्धी नियन्त्रण गरेर सुखी नेपाली समृद्ध नेपाल बनाउने पार्टीको सिद्धानत्लाई मुर्त रुप दिने बताए । त्यस्तै कास्की क्षेत्र नम्बर १ (क) का उम्मेदवार खगराज अधिकारीले नेकपा एमालेलाई अत्याधिक मतले विजय गराउन मतदातासँग अनुरोध गरे ।
मंसिर ४ गते हुने निर्वाचनको मिति नजिकिदै गर्दा अहिले एमाले उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । उनीहरुले भोट मात्र मागेका छैनन् स्थानियका समस्यालाई पनि आत्मसात गरेर निर्वाचित भएपछि पूरा गनेृ बचन समेत दिएका छन् ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन बैंकिंग सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । एक निर्देशनामार्फत केन्द्रीय बैंकले होली पर्व र प्रतिनिधिसभा सदस्य निर्वाचन...
पोखरा महानगरपालिका ६ ड्यामसाइड नजिकै खोलामा सुटकेसभित्र एक युवतीको शव फेला परेको छ । वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार अन्दाजी २०/२५ वर्ष जस्तो देखिने...
अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । उनलाई भक्तपुर स्थित निवासबाटै पक्राउ गरिएको हाे । उनले आसन्न निर्वाचनलाई लक्षित गर्दै आज (आइतबार) देखि अनिश्चितकालका ...

