कास्की प्रहरीको सक्रियताः २ दिनमा १३ फरार प्रतिवादी प्रकाउ

कोको फरार थिए ?

पाेखरा | कात्तिक १६, २०७९

कास्की प्रहरीको सक्रियताः २ दिनमा १३ फरार प्रतिवादी प्रकाउ

 

पोखरा : जिल्ला प्रहरी कार्यालय कास्कीले २ दिनको अवधीमा विभिन्न मुद्धामा फरार रहेका १३ जना प्रतिवादी सहित लागूऔषधसहित २ जनालाई प्रकाउ गरेको छ । 

 

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका ३० पावरहाउसमा सवारी चेकजाच गर्नेक्रममा दुईजनालाई लागूऔषधसहित प्रकाउ गरेको हो । 

 

प्रहरीका अनुसार पोखरा महानगरपालिका ३० पावरहाउस स्थित सवारी साधन चेकजाँच गर्नेमा तनहुँको व्यास नगरपालिका  ६ घर भएका २१ वर्षीय मोहम्मद यासिरलाई लागूऔषधसहित प्रकाउ गरेको छ ।  प्रहरीले यासिरको साथबाट ५ किलो १ सय ग्राम लागुऔषध बरामद गरेको हो । 

 

यस्तै प्रहरीले सोमबार पावरहाउसमा नै सवारी चेकजाँच गर्नेक्रममा पोखरा महानगरपालिका १३ बाझापाटनका ३० वर्षीय सन्दिप सेन्चुरीको साथबाट डाईजापाम ६३ एम्पुल, फेनेरागन ६३,र नुर्फिन ६३ गरी १ सय ८९ एम्पुल लागूऔषधसहित प्रकाउ गरेको हो । 

 

लागूऔषधसहित प्रकाउ परेका मोहम्मद यासिरलाई लागूऔषध सम्बन्धी मुद्धामा ५ दिन र सन्दिप सेन्चुरीलाई जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको छ । 

 

कोको फरार थिए ? 

 

जिल्ला प्रहरी कार्यालय कास्कीले २ दिनमा १३ जना फरार प्रतिवादीलाई प्रकाउ गरेको छ । 

 

प्रहरीका अनुसार प्रकाउ पर्नेमा तनहुँ शुक्लागण्डकी नगपालिका २ बस्ने ३६वर्षीय सन्तोष पुन रहेका छन् । उनलाई सवारी ज्यान मुद्धामा २ महिना १० कैद सजाय र २ हजार रुपैयाँ जरिवना तोकिएको थियो । धादिङ घर भएका हाल पोखरा महानगरपालिका ३२ बस्ने ४० वर्षीय चक्र बहादुर गुरुङ रहेका छन् । उनलाई सवारी ज्यान मुद्दामा ११ महिना ५ दिन कैद सजाय तोकिएको थियो । 


 
प्रकाउ पर्नेहरुमा पोखरा महानगरपालिका ३१ मोहरिया बस्ने १९ वर्षीय सुनिल बि.क रहेका छन् । उनलाई  लागू औषध मुद्दामा १० महिना १६ दिन कैद सजाय तोकिएको थियो । यस्तै प्रहरीका अनुसार चलन चलाई मुद्धामा ५ हजार जरिवाना सजाय तोकिएका पोखरा महानगरपालिका  २९ भण्डारढिक बस्ने  ७२ वर्षीय  टेक बहादुर गुरुङ,७१ वर्षीय  रनमाँया गुरुङ, ४० वर्षीय शरेमान गुरुङ, ३९वर्षीय  निरमान गुरुङ, ३६ वर्षीय बेल कुमार गुरुङ, ३१ वर्षीय जमुना गुरुङ, २६ वर्षीय  बिपना गुरुङ रहेका छन् । 

 

यस्तै प्रकाउ पर्नेमा पोखरा महानगरपालिका ३० खोरखार बस्ने २६ वर्षीय सबिन गिरी रहेका छन् उनलाई लागूऔषध मुद्धामा ४ महिना २८ दिन कैद सजाय ताकिएको थियो । पोखरा महानगरपालिका  ३० खोरखरा बस्ने २२ वर्षीय  सुजन कामीलाई पनि प्रकाउ गरेको छ । उनलाई  लागूऔषध मुद्दामा ४ महिना ६ दिन तोकी कैद सजाय ताकिएको थियो । र उदयपुर त्रियुगा नगरपालिका १५ घर भएका पोखरा महानगरपालिका २७ हमालचोक बस्ने २८ वर्षीय अनिल आलेलाई प्रकाउ गरेको छ । उनलाई लागूऔषध मुद्धामा ३ महिना २८ दिन कैद सजाय र २ हजार रुपैया जरिवाना तोकिएको थियो । 

.

काठमाडौं- यही वैशाख १६ र १७ गते हुन लागेको तेस्रो लगानी सम्मेलनमा भाग लिन यूएस चेम्बर अफ कमर्शका दक्षिण एसियाका लागि वरिष्ठ उपाध्यक्ष अतुल केशप काठमाडौँ आइपुगेका छन् ।   श्रीलंका र मालदिभ्सका लागि ...

थप पढ्नुहोस्

काठमाडौं:   आजदेखि  कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरु भएकाे छ ।   बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम...

थप पढ्नुहोस्

नुवाकोट:    मानव बेचबिखन तथा ओसारपसार मुद्दाका २६ वर्षदेखि फरार प्रतिवादी पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बस्ने ५५ वर्षीय रामबहादुर भन्ने जंगबहा...

थप पढ्नुहोस्