भूमिगत पार्किङ: मेयर आचार्यको प्रश्न- कति घण्टामा खाली हुन्छ? (तस्बिरहरु)

पाेखरा | कात्तिक १५, २०७९

भूमिगत पार्किङ: मेयर आचार्यको प्रश्न- कति घण्टामा खाली हुन्छ? (तस्बिरहरु)

पोखरा:  पोखरा महानगरपालिकाले भदौ १३ गते एक सूचना प्रकाशित गर्दै भन्यो ‘महानगरबाट अनडरग्राउण्ड पार्किङको अनुमति लिएर बनाएका सटर तथा व्यापारीक प्रयोजनमा प्रयोग भएका छन् भने ३५ दिनभित्र खाली गर्नु ।’ 


सो सूचना सार्वजनिकपछि पोखरेली जनताले बालेनलाई पत्छाउँदै पोखराका मेयर धनराज आचार्य विकासको पक्षमा भन्दै गुणगान गाउनसम्म भ्याए ।  महानगरको सूचनाको ३५ दिने म्याद असोज १७ गते पुरा भएपछि पनि केही लछारपटार नलगाएपछि फेरि उनै मेयर आचार्यको आलोचना चोकचोकमा सुनिन थाल्यो । उनले नेपालीहरुको महान पर्वको समय भएको भन्दै मानवीयताकै कारण तिहार पर्वपश्चात कडा रुपमा उत्रने बताएका थिए । 


सोही अनुरुप आज दलबलसहित मेयर आचार्यले महानगरको अल्टिमेटम लत्याउएको भन्दै फिल्डमा उत्रिए र भूमिगत पार्किङमा व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीहरुलाई तत्काल हटाउन निर्देशन दिए ।


उनले निर्देशन मात्रै दिएनन् अटेरी गरेको सटरहरुमा डोजर नै चलाए । उनले विग बजार सेल स्टो प्रालिका सञ्चालक जनक कार्कीलाई प्रश्न गरे– ‘यो जग्गा कति घण्टामा खाली हुन्छर?’ सो प्रश्नको उत्तरमा व्यवसायी कार्कीले भने, ‘तपाइहरुको यो सकरात्मक कार्यमा हाम्रो पनि हातेमालो छ । हामीलाई केही दिन दिनुहोस्, हैन आजै सार्नपर्छ भन्नुहुन्छ भनेपनि ठिकै छ रातारात पनि काम गर्छौ ।’


विग बजार सेल स्टोरसँगै गरिमा विकास बैंक रहेको भवन, त्यसैगरि बुद्ध विशाल बजारको अन्डरग्राउण्ड पार्किङ लगायतमा मेयर आचार्य नेतृत्वको टोलीले खाली गर्न निर्देशन दिएको थियो । 


विभिन्न मलका भूमिगत पार्किङहरु खाली गर्न उर्दीगरेसँगै महेन्द्रपुलस्थित मोवाइल टावर र सीता भवनको भूमिगत पार्किङ भने केही दिनमा नै महानगरले पार्किङको लागि प्रयोग गर्ने बताइएको छ ।

 

तस्बिर: सुशान्त गाहा मगर/सुनगाभा न्यूज

 

 

 

 

 

 

 

 

 

 

 

 

पोखरा:  नेपाली समाज अनि संस्कृतिको बारेमा गहन अध्ययन गरेका वेलायतका प्राध्यापक डेविड गेल्नरले शुक्रबार पोखरामा यसबारे चर्चा गरेका छन् ।  अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक गेल्नरले नेपाली दलित सम...

थप पढ्नुहोस्

काठमाडौं:   सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ मन्त्रालयले ज...

थप पढ्नुहोस्

पोखरा: देशभरका सुनचाँदी व्यवसायीहरुले एकसातादेखि पसलमा ताला लगाएर सुनचाँदीमा लगाएको ‘विलासी कर’ को खारेजी माग राखेर विरोध गरिरहेका छन् ।  नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र स...

थप पढ्नुहोस्