पोखरा: अघि लागिन् मञ्जुदेवी

कास्की | जेठ २, २०७९

पोखरा: अघि लागिन् मञ्जुदेवी


पोखरा:   पोखरा महानगरपालिकाको उपमेयर पदमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङले कांग्रैसी उम्मेदवार कोपिला रानाभाटलाई पछि पारेकी छिन् ।   कुल १० हजार ५ सय ९० मत गणना गर्दा गुरुङले ४ हजार ३ सय ४४ मत प्राप्त गरेकी छिन भने निकटतम प्रतिद्वन्दी रानाभाटले ४ हजार २ सय ३२ मत पाएकी छिन् ।

 

रानाभाट भन्दा गुरुङ १ सय १२ मतले अगाडि छिन् । यसअघि कोपिला रानाभाटले अग्रता लिएकी थिईन् ।

 

यसैगरि मेयर पदका प्रत्यासी गठबन्धनका धनराज आचार्यले भने अग्रतालाई फराकिलो बनाउदै लगेका छन् । उनले ४ हजार २ सय ४० मत प्राप्त गर्दा नेकपा एमालेका कृष्ण थापाले ३ हजार ८ सय ७४ मत पाएका छन् । 

 

तीन वडाको नतिजा सार्वजनिक

 

पोखरा महानगरपालिकाको वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेका सहारा प्रधान निर्वाचित भैसकेका छन् । यसैगरि वडा नम्बर २ मा नेपाली कांग्रेसका दिवसमान प्रधानांग विजयी भैसकेका छन् ।

त्यसैगरि वडा नम्बर १२ मा पनि सोही पार्टीकै सन्तोष बास्तोला निर्वाचित भएका छन् । अबको केही समयमै वडा नम्बर २३ को पनि नतिजा सार्वजनिक हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पोखरा महानगरपालिकामा कुल १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।

पोखरा:     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्।   यसअन्तर्गत विहिब...

थप पढ्नुहोस्

पोखरा:  नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सहारा क्लब हङकङका अध्यक्ष सरोज गुरुङ (खम) ले आर्थिक सहयोग गरेका छन् ।    नेपाल...

थप पढ्नुहोस्

पोखराको फेवातालमा कार खस्दा एक युवकको मृत्यु भएको छ।   शनिबार बिहान पोखरा महानगरपालिका–६ पामेस्थित गैराकोचौतरा नजिकै कार अनियन्त्रित भई तालमा खस्दा चालकको ज्यान गएको हो।   मृत्य...

थप पढ्नुहोस्