दोहोरिए रुपा गाउँपालिका प्रमुखमा 'नवराज'

कास्की | जेठ २, २०७९

दोहोरिए रुपा गाउँपालिका प्रमुखमा 'नवराज'

कास्की:    नेकपा एमालेका नवराज ओझाले ५ हजार ७ सय ४९ मत प्राप्त गर्दै दोस्रो पटक कास्कीको रुपा गाउँपालिकाको प्रमुख भएका छन् ।   ओझाले नेपाली काग्रेसकी गीमाया गुरुङलाई १ हजार ६ सय १२ मत अन्तरले हराउँदै ओझा विजयी भएका हुन् ।

 

पराजित भएका नेपाली कांग्रेसकी गिमायाले ४ हजार १ सय ३७ मत प्राप्त गरिन् ।  त्यसैगरि उपाध्यक्षमा लालसुब्बा गुरुङले नेपाली काग्रेसका नारायण श्रेष्ठलाई ७ सय ७५ मत अन्तरले हराए ।

 

लालसुब्बाले ५ हजार ४ सय ४५ मत प्राप्त गरे भने नारायण श्रेष्ठले ४ हजार ३ सय ७० मत प्राप्त गरेका थिए ।

 

रुपा गाउँपालिका ७ वटा वडा रहेका छन् । वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली कांग्रेसले जितेको छ भने वडा नम्बर २, ३, ४, ५, ६ र ७ एमालेले जितेको छ ।

पोखरा:     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्।   यसअन्तर्गत विहिब...

थप पढ्नुहोस्

पोखरा:  नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सहारा क्लब हङकङका अध्यक्ष सरोज गुरुङ (खम) ले आर्थिक सहयोग गरेका छन् ।    नेपाल...

थप पढ्नुहोस्

पोखराको फेवातालमा कार खस्दा एक युवकको मृत्यु भएको छ।   शनिबार बिहान पोखरा महानगरपालिका–६ पामेस्थित गैराकोचौतरा नजिकै कार अनियन्त्रित भई तालमा खस्दा चालकको ज्यान गएको हो।   मृत्य...

थप पढ्नुहोस्