अवैध हतियारसहित खैमराङका तामाङ पक्राउ
पाेखरा | कात्तिक ६, २०७९
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध हतियारसहित आईतसिंह तामाङलाई प्रकाउ गरेको छ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका २ खैमराङस्थित बारीमा घाँस काट्दै गरेको महिलालाई भरुवा बन्दुकको छर्रा लागेर घाइते भएको सुचनापछि तामाङलाई कास्की प्रहरीले प्रकाउ गरेको हो ।
घाँस काट्दै गरेकी महिलालाई भरुवा बन्दुकको छर्रा लागेर घाइते भएको सूचनापछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले कास्कीको माछापुच्छ्र्र गाउँपालिका २ खैमराङ बस्ने ३३ वर्षीय तामाङलाई प्रकाउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
प्रकाउ परेका तामाङलाई हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट ८ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।

तनहुँ । गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड...
पोखरा: ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ । गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...
पोखरा । तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

