‘उत्पीडितहरुको उत्थानमा एमाले एकमात्र सारथी’: एमाले उम्मेदवार कार्की
पाेखरा | कात्तिक ६, २०७९
पोखरा : नेकपा एमालेको तर्फबाट कास्की निर्वाचन क्षेत्र न २ (१) का प्रदेश सभा सदस्यका प्रत्यासी उम्मेदवार भिमबहादुर कार्र्कीले उत्पीडितहरूको विकासमा एक मात्र सारथी आफ्नो पाटी एमालेको नीति सिद्धान्त र व्यवहारले पुष्टि गरेको दावी गरेका छन् ।
उनले उत्पीडितका मुद्दालाई नीति निर्माणको तहमा पुर्याउनेदेखि लिएर शसक्तिकरण गर्ने र उत्पीडितहरूलाई विशेष अधिकार प्रदान गर्ने कामको अगुवाइ एमालेले गरेको प्रष्ट पारे ।
कार्कीले देशको राष्ट्रियता बलियो बनाउने र समृद्धिको अभियान अब भुलबस पनि अवरुद्ध गर्न नहुने भन्दै एमालेलाई स्पष्ट बहुमतले जिताउन आग्रह गरे ।
उनले जनताका अधिकारलाई स्थापित गर्दै देशैभरका स्वास्थ्य चौकी एकै पटक शिलान्यास गरेको, ३०० भन्दा बढी सडक एकैपटक शुरूवात गरेको स्मरण गरे । कार्कीले अहिलेको गठबन्धन सरकारले एक सय गुणा महङ्गी र चार सय गुणा बढि कर बढाएर करको भारिले जनताको ढाड सेकेको भन्दै भ्रष्टाचारमा चरम लिप्त भएको बताए ।
कार्कीले आइतवार नेपाल उत्पीडित जातीय मुक्ती समाज पोखरा महानगरपालिका वडा न ३३ को विशेष भेलामा सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।
भेलामा एमाले गण्डकीका सदस्य मनबुजा विक., एमाले जिल्ला कमिटी सदस्य बमबहादुर वि.क., एमाले पोखरा ३३ का अध्यक्ष दिपकराज लामिछाने, पाटीका प्रदेश कमिटिका सल्लाहकार यज्ञप्रसाद अधिकारी, अनेम संघ गण्डकी प्रदेश सदस्य शान्ती पाध्या, सन्तोष नेपाली, डिल बहादुर सुनार लागायतले बोलेका थिए ।
पोखरा: तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आज...
काठमाडौं: निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची सार्वजनिक गरेको छ । आइतबार आयोगले समानुपातिक उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको हो । सार्वजनिक भएको...
पोखरा: पोखराको अमरसिंह खेल मैदानमा जारी पोखरा महोत्सवमा दर्शकका लागि विभिन्न अफर रहेको छ । महोत्सवमा आउने दर्शकहरुका लागि मुख्य प्रायोजक र प्रायोजकहरु संगै महोत्सव आयोजक युनाईटेड क्लबले मुक्तिनाथ दर्शनका लागि ...

