पोखरा महानगरमा सवा ७ बजेदेखि सुरु भयो मतदान (फोटो फिचर)
काठमाडाैं | बैशाख ३०, २०७९
पोखराः पोखरा महानगरपालिकाभित्रका अधिकांश मतदान केन्द्रमा बिहान सवा ७ बजेदेखि मतदान सुरु भएको छ ।
सुरुवाति चरणमा यतिबेला प्रायः जेष्ठ नागरिकहरु मतदानमा सरिक भएका छन् । चुस्त सुरक्षा व्यवस्था रहेको मतदान केन्द्रमा मतदाताहरुको उल्लेख्य उपस्थिति रहेको छ ।
यसैबीच, पोखरा महानगरका मेयर प्रत्यासी नेकपा एमालेका कृष्ण थापाले विन्दबासिनी मतदानस्थलको केन्द्र 'क' मा साईत हेरेर सवा सात बजे मतदान गरेका छन् ।
थापाका प्रतिष्पर्धी गठबन्धनका उम्मेदवार धनराज आचार्यले वडा नं ३३ को शान्तिउदय मावि मतदान केन्द्रवाट मतदान गरेका छन् ।
पोखरा नगरभित्रका सडक सुनसान छ भने वर्षा हुने अनुमानबीच यतिबेला मौसम सफा रहेको छ ।





पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

