कराँतेमा ९ स्वर्णसहित पुलिस च्याम्पियन
पाेखरा | कात्तिक २, २०७९
पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता, २०७९ अन्तर्गत कराँतेका १९ स्वर्ण पदकमध्ये विभागिय नेपाल पुलिस क्लवले सर्वाधिक ९ स्वर्ण पदक हात पार्दै करातेमा आफ्नो बर्चस्व कायम गरेको छ ।
गत असोज २९ गतेदेखि बुधबारसम्म पर्वत सदरमुकाम कुश्मा बजारको बडागाउँस्थित सेमी कभर्ड हलमा भएको ५३ औं राष्ट्रिय कराँते प्रतियोगितामा ९ स्वर्ण, ३ रजत र ५ कास्य पदक गरि कुल १७ पदक सहित पुलिस च्याम्पियन बन्न सफल भएको हो ।
दोस्रो स्थानमा रहेको एपीएफ क्लबले ५ स्वर्ण, २ रजत र ७ कास्य सहित १४ पदकका हासिल ग¥यो । त्रिभुवन आर्मी क्वल २ स्वर्ण, ५ रजत र १ कास्य गरी कुल ८ पदक सहित तेस्रो स्थानमा रह्यो ।
बागमती प्रदेशले २ स्वर्ण, २ रजत र ४ कास्य गरि ८ पदक हात पारेको छ । त्यस्तै सुदुरपश्चिम प्रदेशले १ स्वर्ण सहित ६ कास्य पदक प्राप्त गर्दा गण्डकीले ३ रजत र ३ कास्यमा चित्त बुझायो । प्रदेश नम्बर १ ले ३ रजत र ६ कास्यपदक प्राप्त ग¥यो । लुम्बिनी प्रदेशले १ रजत र ३ कास्य पदक प्राप्त गर्दा कर्णालीले भने २ कास्य पदकमा मात्रै चित्त बुझाउनुप¥यो ।
कर्णाली प्रदेशले २ कास्य पदक लिन सफल हुँदा मधेश प्रदेशले भने १ कास्यमा मात्रै चित्त बुझाएको छ ।
करातेमा १९ स्वर्ण, १९ रजत र ३८ कास्य सहित जम्मा ७६ पदकका लागि खेल भएको हो । हतारमा भएको तयारीका बिच कराँतेका खेलाडीहरुले भने पर्वतमा खेल पुर्वाधारको अभाव भएको प्रतिकृया दिएका छन् । खेलको अन्तिम दिन खेलाडीलाई कुश्मा नगरपालिकाका मेयर राम चन्द्र जोशीले पदक हस्तान्त्रण गरेका हुन ।
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...
मनाङ: मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ । यस वर्...

