माओवादी र काँग्रेसबीचको झडपमा २७ घाइते, १ बेपत्ता
काठमाडाैं | बैशाख २९, २०७९
तस्बिरः शिव सिलवाल
धादिङ- नीलकण्ठ नगरपालिकास्थित वडा नम्वर ६ देउरालीछाप भन्ने स्थानमा माओवादी र नेपाली काँग्रेस कार्यकर्ताबीच झडप हुँदा २७ जना धाइते हुनुका साथै एक जना बेपत्ता भएका छन् ।
गएराती भएको झडपमा परी घाईते भएकाहरुमध्ये २१ जना नेपाली काँग्रेस र अन्य नेकपा माओवादी केन्द्रका कार्यकर्ता रहेका छन् । बेपत्ता हुने सुनौला बजार निवासी धनबहादुर मग्राती रहेको सुनौला बजार प्रहरीले जनाएको छ । बेपत्ताको खोजी पनि भईरहेको प्रहरीको भनाइ छ ।
घाइतेहरुको जिल्ला अस्पताल धादिङ र स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भईरहेको जनाईएको छ । जिल्ला अस्पतालमा उपचारका लागी ल्याईएका घाईतेहरुमध्ये अधिकांशको टाउकोमा चोट लागेको छ भने हातखुट्टा भाँचिएको छ ।
घाइते हुनेमा नेपाली काँग्रेसको तर्फबाट वडा नम्वर ५ का उमेद्वार भुपेन्द्र श्रेष्ठ समेत गम्भिर घाईते भएका छन् । श्रेष्ठको जिल्ला अस्पतालमा उपचार भईरहेको छ भने गम्भिर घाईते र टाउकोमा चोट लागेका घाईते चार जनाको अवस्था गम्भिर भएकाले थप उपचारका लागि काठमाण्डौं लगिएको बताइएको छ ।
उनिहरुलाई भोर्ले भन्ने गाउँबाट सुनौला बजार घर फर्कने क्रममा माओवादीका कार्यकर्ताहरुले बाटो छेकेर आक्रमण गरेको आरोप लगाएका छन् ।
काठमाडौं। प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको सबैलाई धन्यवाद द...
गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२० मतान्तरले पछाडी पार्दै ...
काठमाडौं: देशका केही भू-भागमा आज मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...

