नवौं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लबको विजयी सुरुवात

पाेखरा | असोज २८, २०७९

नवौं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लबको विजयी सुरुवात

पोखरा :  नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबलमा विभागिय क्लब त्रिभुवन आर्मी क्लबले सानदार जित निकालेको छ ।

 

लामाचौर गोस्तेघाट खेल मैदानमा शुक्रबार भएको  खेलमा आर्मीले लुम्बिनी प्रदेशलाइृ ४–१ को फराकिलो गोलअन्तरले हराएको हो ।


एकपक्षिय खेलमा आर्मीले खेलको सुरुवातमै गोल गर्दै अग्रता लियो । खेलको पाँचौं मिनेटमा दीनेश हेम्जनको गोलमा आर्मीले अग्रता लिएको थियोे । २४ औं मिनेटमा लुम्विनीले आत्मघाती गोल गर्दा आर्मीले पहिलो हाफमा २–० को अग्रता बनायो । दोस्रो हाफमा थप दुई गोल गर्दै आर्मीले सहज जित निकालेको हो ।


खेलको ४७ औं मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै अग्रता फराकिलो बनाए । ५० औं मिनेटमा लुम्बिनीका चेतन थारुले गोल गर्दै खेलमा फर्किने प्रयास गरेको थियो । तर बलियो आर्मी विरुद्ध लुम्विनीले खेलमा फर्कन गरेको प्रयास असफल रह्यो । आर्मीका नवयुग श्रेष्ठले ९२ औं मिनेटमा गोल गरे ।
 

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

थप पढ्नुहोस्

पोखरा ।    ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ ।   पातिखोला गुफा संरक्षण समितिको...

थप पढ्नुहोस्

पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

थप पढ्नुहोस्