प्रशिक्षकको घरमा सागकी स्वर्ण विजेता भारोत्तोलन खेलाडी सञ्जु मृत अवस्थामा फेला
काठमाडाैं | बैशाख २७, २०७९
काठमाडौँ- चीनमा आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) को तयारीमा रहेकी भारोत्तोलन खेलाडी सञ्जु चौधरी मृत अवस्थामा भेटिनुभएको छ । १३औँ दक्षिण एसियाली खेलकद (साग) की स्वर्णधारी सञ्जु ललितपुरको लुभु स्थित भारोत्तोलन प्रशिक्षक सन्जय मर्हजनको घरमा मंगलबार बिहान मृत अवस्थामा भेटिनुभएको हो ।
प्रशिक्षक सन्जयको घरमा बस्दै आउनुभएकी सञ्जु आफ्नै कोठामा झुन्डीएको अवस्थामा फेला परेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । भारोत्तोलनका पूर्व मुख्य प्रशिक्षक पार्थ सारथी सेन गुप्ताका अनुसार सोमबार प्रशिक्षक महर्जनको घरमा भोज भएको र भोजमा भारोत्तोलन खेलसँग सम्बद्ध ब्यक्तिहरुको जमघट हुँदा सञ्जुलाई सामान्य रुपमा भेट भएको थियो ।
सञ्जुलाई आफूले सोमबार सामान्य अवस्थामा पाएको पनि पूर्व प्रशिक्षक गुप्ताले बताउनुभयो । घटना स्थलमा प्रहरी पुगिसकेको र परिवारको रोहबरमा सञ्जुको मुजुल्का उठाउने काम भईरहेको नेपाल भारोत्तोलन संघले जनाएको छ । बाँके स्थायी घर भएकी सञ्जु केही दिन अघिमात्र एसियाड छनोट प्रतियोगिता खेल्न काठमाडौँ आउनुभएको थियो । उहाँ एसियाडका लागि प्रारम्भिक छनोटमा समेत पर्नुभएको थियो ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

