बारामा एकै परिवारका तीन जनाको शव फेला

बारा | असोज २६, २०७९

बारामा एकै परिवारका तीन जनाको शव फेला सांकेतिक तस्बिर

बारा : बारामा एकै परिवारका तीन जनाको हत्या गरी शव खोलाको किनारमा फलिएको अवस्थामा भेटिएको छ । बाराको प्रसौनी गाउँपालिका–५ प्रस्टोकास्थित खोलाको किनारमा तीन जनाको शव फालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । 

 

प्रस्टोका गाउँभन्दा करिब दुई किलोमिटर टाढाको ढोरा खोलाको किनारमा आज दिउँसो प्रस्टोका टोलकै दीपेन्द्र चौधरीकी २५ वर्षीया श्रीमती सुजाता चौधरी, छोरी तीन वर्षकी ताहिरा चौधरी र छोरा १६ महिनाका राजवीर चौधरीको शव भेटिएको बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

 

पत्नी र छोराछोरीको हत्या गरी फरार भएको आशङ्कामा दीपेन्द्रलाई प्रहरीले खोज्ने क्रममा उनी घाइते अवस्थामा फेला परेकाले उपचारका लागि अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । हत्या कसले र किन गरेको भन्ने विषयमा अझै यकीन कारण खुल्न नसकेको र यसबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बोगटीले बताउनुभयो । 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्