पोखरा बन्जी नेपाललाई मन्त्रालयको सम्मान
पाेखरा | असोज १३, २०७९
पोखरा : संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विश्व पर्यटन दिवसको अवसरमा पोखराको बन्जी नेपाललाई सम्मन गरेको छ ।
मन्त्रालयका सचिव सुरेश अधिकारीले काठमाडौंमा आयोजित एक कार्यक्रममा बन्जी नेपालका अध्यक्ष सन्तोष भट्टराईलाई सम्मानपत्र र दोसल्लाले सम्मान गरेका थिए ।
नेपालको साहसिक खेल पर्यटनमा उल्लेखनिय योगदान पु¥याएको भन्दै बन्जी नेपाललाई सम्मान गरेको हो । गत सालबाट सन्चालनमा आएको बहुराष्ट्रिय कम्पनीबाट फ्रेन्चाइज लिएको बन्जी नेपालले छोटो समयमा नै चर्चा कमाउन सफल भएको छ । पोखरा महानगरपालिका–१७, रातोपैरा (माउन्टेन म्युजियमको आडैमा)मा बन्जी नेपाल सञ्चालित छ ।
बन्जी नेपालका अध्यक्ष भट्टराई तनहुँको शुक्लागण्डकी–११ राइपुरमा जन्मिएका हुन् । मध्यम परिवारमा जन्मिएका उनी अन्तराष्ट्रिय जम्पमास्टर हुन् । उनले साहसिक खेल नेपाल भित्र्याउन महत्वपूर्ण भूमिका खेलेका थिए । नेपालमा बञ्जी सम्बन्धी निति नियम निर्माणमा समेत सरकारलाई सहयोग गरेका उनी मकाउ, इन्डोनेसीया, जापान, रसिया लगायतका देशमा एक दशक बढि साहसिक खेलमा अनुभवी बटुलेका छन् । सोहि अनुभव नेपालमा उपयोग गरेका हुन् ।
सम्मानले थप राम्रो काम गर्न हौसला मिलेको बन्जी नेपालका अध्यक्ष भट्टराईले बताए । पर्यटकीय, धार्मिक र ऐतिहासिक रुपमा प्रशस्त सम्भावना रहेको शुक्लागण्डकीमा समेत साहसिक खेल भित्र्यान स्थानीय सरकारले चासो र पहल गर्नुपर्नेमा उनले जोड दिए ।
पोखरा: नेपाली कांग्रेसमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले यही २७ र २८ पुसका लागि आह्वान गरेको विशेष महाधिवेशनमा सहभागी हुन कास्की कांग्रेसले अपिल गरेको छ । यही २७ र २८ पुसका लागि म...
बागलुङ: नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाको आयोजनामा आगामी चैत २० र २१ गते ‘बागलुङ मिडिया मेला’ हुने भएको छ । शाखाले आफ्नो रजत वर्षका अवसरमा पहिलोपटक जिल्लामा मिडिया मेलाको...
गण्डकी: कास्कीको रुपा गाउँपालिकाले किसानलाई अनुदान सहयोग गरी लसुन र प्याजको व्यावसायिक खेती गरिरहेको छ । पालिकाले यस वर्ष एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य राखेको छ । अघिल्लो वर्...

